गायिका स्निका थापा मगरको आवाजमा रहेको ”टाढिएर” गीतको भिडियो सार्वजनिक
आधुनिक सुगम संगीतमा गायिका स्निका थापा मगरको आवाजमा रहेको ”टाढिएर” गीतको भिडियो सार्वजनिक भएकाे छ।
बिगत लामो समय देखि काेरियामा रहेका गायिका मगरले यस अघि थुप्रै कभर गीतहरू “ए कान्छा”, “उकालीमा पछि पछि” जस्ता थुप्रै चर्चित गीतहरु पनि गाइ सकेकी छिन् ।
नेपाल मगर संघ काेरियाकाे पदाधिकारी समेत भइ सकेका गायीका थापा मगर कोरियाको विभिन्न संस्कृतिक कार्यक्रमहरुमा कार्यक्रम संचालिकाका रुपमा समेत चर्चित रहेका छन्।
गायीका थापाकाे सुरिलाे स्वरमा शिव शर्मा ‘चनचल’ को शब्द रचना छ भने संगीतकार राज कुमार बगरको सँगीत रहेको छ । आफनो प्रेमीको साथमा नहुदाको पिडा अनि सम्झनामा आत्मा स्पर्सले जिवनमा स्वर्गीय आनन्द पाएको कुरालाई गीतमा ब्यक्त गरिएको छ ।
यस्तै गीतको भिडियोमा शेसुका राई, मुस्कान राई र सिमरान पुन को अभिनय रहेको छ । ”टाढिएर” एल्वमको उक्त गीत ग्लोबल न्युज नेपाल को युट्युब च्यान मार्फत सार्वजनिक गरिएको छ ।
जी बि लामाको छायांकन / निर्देशनमा तयार भएको उक्त भिडियो अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । भिडियोको उत्कृष्ट लोकेशन र मेकिङले गर्दा दर्शकले भिडियोबाट पनि थप मनोरञ्जन लिन सक्ने र साथमा दर्शकहरुको उत्तिकै माया पाउनेमा पनि गायीका थापा आशावादी छिन् ।
”टाढिएर” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।