“कोरियामा हुने आत्माहत्या र औधोगित दुर्घटनामा कमि ” -नेपाली दुतावास


स्वास्थ्य, सुरक्षा र स्वदेश फिर्ती कार्यक्रम प्रभावकारी भएको दुतावासको भनाई

दक्षिण कोरियाको सउलस्थित नेपाली राजदुतावासका श्रमसहचारी डिल्लीराम बास्तोलाले कोरियामा ६ महिनाको अवधिमा आत्महत्या र औद्योगिक दुर्घटनामा परि मृत्यु हुनेको संख्यामा कमी आएको बताएको छ ।

गत आइतबार राजदुतावासमा आयोजित पत्रकारहरु सँगको अन्तर्कृया कार्यक्रममा श्रम सहचारी डिल्लीराम बास्तोलाले गत सालको तुलनामा यो वर्ष आत्महत्या र औद्योगिक दुर्घटनामा मृत्यु हुनेको संख्यामा कमी आएको बताए । बास्तोलाका अनुसार सन् २०१८ मा २८ जनाले ज्यान गुमाएका थिए । जसमा ८ जनाले आत्महत्या तथा ७ जनाको औद्योगिक दुर्घटनामा मृत्यु भएको थियो । यो वर्षको ६ महिनाको अवधिमा १० जनाको मृत्यु भएकोमा १ जनाको औंद्योगिक दुर्घटनामा परि ज्यान गएको छ भने एक जनाले आत्महत्या गरेका छन् ।

उनले गत वर्षको तुलनामा आत्महत्या र औद्योगिक दुर्घटनामा परि मृत्यु हुनेको संख्यामा कमी आउनुको प्रमुख कारण जनचेतना मूलक कार्यक्रम नै भएको बताए ।

“हामीले जापानबाट र नेपालका वीर तथा पाटन हस्पीटलका मनोचिकित्सकहरुलाई कोरियामा बोलाएर मानसिक तथा स्वास्थ्य सम्बन्धि, आत्महत्या न्यूनीकरण तथा इपीएस कामदारका सुरक्षा, समस्याबारे विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छौ । यसमा नेपालीको चासो, सहभागीता, सहकार्यले यस्ता जनचेतनामूलक कार्यक्रमहरु प्रभावकारी भएको हो” बास्तोलाले भने ।

यस्ता जनचेतनामूलक कार्यक्रमहरु कतै राजदुतावासले नै आयोजना गर्ने गर्दछ भने कतै माइग्रेन्ट सेन्टर वा सपोर्ट सेन्टरको पहलमा हुँदै आएको दूतावासले जनाएको छ । यहि जुलाईमा यस्तो कार्यक्रम छनानमा हुने जनाएको छ । साथै स्वास्थ्य, सुरक्षा, गुनासो र स्वदेश फिर्ती जस्ता कुनै पनि समस्या छन् भने आइतबार कुनै पनि बेला दुतावासमा फोन गरेर बुझ्न सकिने जनाएको छ । शुक्रबार र शनिबार भने दुतावास बन्द हुनेछ ।

कोरियामा क्रियाशील पत्रकारहरुसंगको छलफलमा कोरियाका लागि नेपाली कार्यबाहक राजदुत किरण शाक्यले कोरियामा गरेका विभिन्न कार्यक्रमबारे जानकारी गराएका थिए ।

उनले भने “थोरै जनशक्ति र सिमित बजेट हुदा पनि हामीले राम्रा काम गर्ने प्रयास गरेका छौ ।” पर्यटन वर्ष २०२० लाई चिनाउन विभिन्न कार्यक्रमहरु गर्दै नेपालको मौलिक पहिचान झल्कने प्रदर्शनीहरु समेत गर्दै आएको शाक्यले जानकारी दिए । त्यस्तै दक्षिण कोरियामा नेपाली विद्यार्थीको अवस्थाबारे बोल्दै नेपालमै पढाई हुने विषय लिएर यहाँ पढ्नका लागि आएको भन्दै असन्तुष्टि जनाए । उनको भनाइ थियो “ती विषयहरु नेपालमै पढ्न सकिन्छ भने यहाँ किन आउने ? त्यसैले यस्ता विषयमा विद्यार्थी भिसामा हामी कडाइ गदैछौ ।”

उनले जेजुदो काण्डबारे दुतावासलाई पहिल्यै जानकरी भएको बताए । “विद्यार्थीहरुले पहिल्यै नै गुनासो गनुभएको थियो, कलेजमा बुझदा बैकिंग प्रोसेसको लागि एलायन कार्ड राखेका हौ, १-२ दिनमा दिन्छौ भनेका थिए । त्यसपछि कसैले केही भनेनन्, पछि त्यो घटना मिडियामा आएपछि पो थाहा पायौ ।” शाक्यको भनाइ थियो ।

त्यस्तै अन्य मुलुकको तुलनामा नेपाली अवैधानिक कामदारको संख्या कम भएको शाक्यले जानकारी दिए । “यसै कारणले गर्दा नेपाल प्रति कोरियन सरकार सकारात्मक छ र कोटा पनि बढाएको छ” उसले भने । दुतावासले पनि अवैधानिक कामदार फर्काउनका लागि कोरियन सरकार तथा नेपाल सरकारलाई स्वदेश फिर्तीको वातावरण मिलाउन आग्रह गरेको जानकारी दिए । उनले पछिल्लो समय एचआरडी ले विभिन्न सिपमुलक तालिमको आयोजना गरेर राम्रो गरेको भन्दै स्वदेश फर्कने कामदारका लागि नेपालमै सहुलियत ऋण, सीप अनुसारको रोजगार भएमा स्वदेश फिर्ती अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

कोरियामा रहेका विभिन्न सामाजिक संघसंस्थामा राजदुतावासको उपस्थिती र भूमिका कस्तो रहनेछ भन्ने प्रश्नमा उनले भने “विदेशमा एकअर्काको साथ, सहयोग चाहिन्छ नै । त्यही भएर हामी संस्थाहरु प्रति सकारात्मक नै छौ । बुद्ध प्रतिमा स्थापना अभियानमा हामीलाई कतिपय कुराहरु थाहा हुदा हुदै पनि संरक्षकत्वको भूमिका खेल्यौ ।” “नेपाललाई चिनाउने कुनै पनि कार्यक्रमका लागि दुतावासको सधै सहयोग रहनेछ” उनले थपे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • किरात याक्थुङ चुम्लुङ कोरियाले २४ औँ वार्षिकोत्सव मनाउँदै
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...