दक्षिण कोरियाबाट फर्केका ३ जना सहित ७ जना उद्यमी पुरस्कृत


काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरेका ७ जना उद्यमी पुरस्कृत भएका छन् । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले दक्षिण कोरियाबाट फर्केका ३ जना सहित ७ जना उद्यमीलाई सम्मान गरेको हो ।

विदेशमा सिकेको सीप उपयोग गर्दै स्वदेशको अर्थतन्त्रमा योगदान गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

दुवईबाट फर्किएर कुखुराको चल्ला उत्पादन गर्ने नवराज पौड्याल उत्कृट राष्ट्रिय उद्यमी पुरस्कारबाट सम्मानित भए । कान्तिपुर पोल्ट्री ब्रिडिङ उद्योग सञ्चालन गरी ४८ जनालाई रोजगारी दिएका उनी १ लाख रुपैयाँबाट पुरस्कृत भए ।

त्यस्तै दक्षिण कोरियाबाट फर्किएर स्टिल उद्योग सञ्चालन गर्ने दीपक चापागाई, गार्मेन्ट उद्योग सञ्चालन गर्ने मनोजकुमार भारती र गार्मेन्ट उद्योग नै सञ्चालन गर्ने त्रिलोक पनेरु, दुबईबाट फर्किएर पशुपालन तथा तरकारी खेती गर्ने शर्मिला अधिकारीले उद्यमी राष्ट्रिय पुरस्कारमार्फत जनही ५० हजार रुपैयाँ पुरस्कार पाए ।

त्यस्तै दुबई, र मलेसियाबाट फर्किएर अर्गानिक खेती गर्ने निरबहादुर राउत, एकबहादुर सिङताङले संयुक्त रुपमा उद्यमी राष्ट्रिय पुरस्कारमार्फत ५० हजार रुपैयाँ पाए ।

उद्यमीलाई सम्मान गर्दै मन्त्री गोकर्ण विष्टले सरकारले युवाहरुको श्रम देश विकासमै लगाउने गरी सरकारले काम गरिरहेको बताए । बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने गरी सरकारले योजनाहरु बनाइरहेको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...