उपचारका क्रममा कोरियामा एक नेपालीको मृत्यु


रोजगार अनुमति प्रणाली(इपीएस) मार्फत दक्षिण कोरिया आएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ ।

करिब ४ बर्ष अगाडि कोरिया आएको इलाम साखेजुङका टुक बहादुर लिङ्दमको उपचारको क्रममा मृत्यु भएको जानकारी मृतकको भाइ दिल कुमार लिङ्दमले फोनिज कोरियालाई दिएको हो ।

योङ्गिन सहरको एक कम्पनीमा कार्यरत मृतक लिङ्देन कोरिया आएको करिब २ बर्ष पछि देखि मुटु सम्बन्धि समस्या भएर उपचार गर्दै आएको भाइ दिल कुमारले जनाएको छ । उनका अनुसार मुटुको चाल अनियमित भएपछि पेसमेकर समेत राखेको जनाएको छ ।

पछिल्लो पटक स्वास्थ अवस्था जन गम्भीर भएपछि करिब २ महिना देखि सुवन स्थित आजु थेहाक्यो फ्यङ्वन(अस्पतालमा) उपचार हुँदै आइरहेको र यस क्रममा सोमबार मृत्यु भएको हो ।

यस सम्बन्धमा कोरियाका लागि नेपाली दूतावासले पनि पुष्टि गरेको छ । मृतकको लास नेपाल पठाउने तयारी सुरु भएको जानकारी दिदै श्रम सहचारी डिल्ली राम बास्तोलाले भने “अस्पतालले कागजात तयार र पुलिस रिपोर्ट तयार भएपछि हामीले जति सक्दो छिटो मृतकको लासलाई नेपाल पठाउनेछौं ।”

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • बुख्याँचा बादशाह
  • जिन्दगीको जेब्रा क्रसिङ
  • सकुनि छिमेकी
  • क्याकटस फूल
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    error: Content is protected !!