तामाङ समाज ख्यङसाङनाम्दो बुसानले दुवै मृगौला फेल भएकी मिना तामाङलाई दुई लाख सहयोग
तामाङ समाज ख्यङसाङनाम्दो बुसानले दुवै मृगौला फेल भएकी मिना तामाङलाई दुई लाख रुपैयाँ सहयोग गरेको छ । समाजका संस्थापक तथा निबर्तमान अध्यक्ष बिश्वास ब्लोनको अगुवाईमा असार २९ गते आइतबार काठमाण्डौं कुलेश्वरमा बिरामीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।
“आफु बाचौं अरु लाई पनि बचाऊँ” भन्ने उदेश्यको साथ तामाङ समाज ख्यङसाङनाम्दो बुसान दक्षिण कोरियाले गत जुन ९ मा मृगौला रोगी सहयोगार्थ नेपाली कथानक चलचित्र ” ए मेरो हजुर ३” प्रदर्शन गरिएको थियो। रोशी गाऊपालिका वडा न. ३ काभ्रे निवासी ५४ बर्षिय मिना तामाङ दुवै मृगौलाले काम नगर्ने भएपछि उपचार भइरहेको छ । घरको आर्थिक अवस्था कमजोर भएकोले बिरामीको उपचार सहयोगार्थ चलचित्र प्रदर्शनबाट प्राप्त मुनाफा रकम नेपाली २ लाख रुपैयाँ बिरामीलाई हस्तान्तरण गरिएको हो ।
तामाङ अन्तर्राष्ट्रिय परिषदका बरिष्ठ उपाध्यक्ष एवम् तामाङ घेदुङ अन्तर्राष्ट्रिय विभाग प्रमुख टाशी लामा तामाङले सहयोग रकम हस्तान्तरण गर्दै बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना सहित तामाङ समाज ख्यङसाङनाम्दो बुसान परिवार लाई धन्यवाद ज्ञापन गरेका थिए ।