पाँचथर सांगीतिक सौगातको पोष्टर सार्वजनिक, सविन राई एण्ड ब्याण्डको लाइभ शो हुने


पाँचथर सेवा समाज कोरियाले छुसकमा आयोजना गर्ने पाँचथर सांगीतिक सौगात भाग १ को पोस्टर सार्वजनिक गरेको छ। सांगीतिक सौगात छुसकको दोस्रो दिन अर्थात सेप्टेम्बर १३ तारिख हुनेछ। जुलाई १३ शनिबार नामयाङ्जुको पूर्वेली वनभोज कार्यक्रमा सांगीतिक सौगातको पोष्टर सार्वजनिक गरिएको थियो। सांगीतिक सौगातबाट उठेको रकम अपांग एवम् असहाय बालबालिकाहरुको सहयोगार्थ हुने अध्यक्ष राजेन्द्र चेम्जोङले जानकारी गराएका छन्।

सांगीतिक सौगातमा लोकप्रिय गायक सविन राई एण्ड फारोह ब्याण्डको लाइभ शो हुनेछ। यसअघि कोरिया आएपनी ब्याण्ड सहित सविन राई कोरिया आएको यो पहिलोपटक भएको कार्यक्रम संयोजक कुबिर लिङ्देनले जानकारी गराए। यसैगरी सांगीतिक सौगातमा चर्चित गायिका मेलिना राई, डान्सर माला लिम्बू, नेपाल आइडलकी फाइनालिस्ट अस्मिता अधिकारी, गायिका अमृता लिम्बू र मिलन पूमा राईको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।

पूर्वाञ्चल सरोकार समाजका अध्यक्ष अमृत राई, पाँचथर सेवा समाजका अध्यक्ष राजेन्द्र चेम्जोङ, कार्यक्रम संयोजक कुविर लिङ्देन, संस्थाका संरक्षक भीमराज चेम्जोङ एवम पूर्वाञ्चलका सल्लाहकार ध्यान राई, केपि सिटौला, डा देवि बहादुर बस्नेत, समसेर पंधाक, जीवनकुमार थापा, नवराज सिवाकोटी, श्याम साम्पाङ राईले संयुक्त रुपमा पोष्टर सार्वजनिक गरेका थिए। यसैगरी आदिवासी जनजाति महासंघका अध्यक्ष युगेल तेन्डुप शेर्पा लगायत पूर्वाञ्चल सरोकार समाजमा आबद्ध संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुपनि सरिक भएका थिए।

विस्तृत जानकारी
पाँचथर सांगीतिक सौगात भाग १
मिति २०१९ सेप्टेम्बर १३ शुक्रबार
समय दिउँसो १२ बजेदेखि
स्थान दूसान/डोट्टा मलको पछाडिको हल (दोङ्देमून)
중구 구민 회과 (NRNA को चुनाव भएको हल)

सम्पर्क
राज लिम्बू ०१०२१९७२३१२
कुविर लिङ्देन ०१०५५७६०५२६
सपना सेलिङ ०१०५९२९४१७३
कमल खुदाङ ०१०३०५२१५१८
ज्ञानु फियाक ०१०८०७१२९२५

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • छैटौं फोनमनी दोब्बर पैसा विजेता धर्मराज
  • चुम्लुङ बुसान शाखको पाँचौँ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...