चुम्लुङ कोरियाको ११ औं महाधिवेशनको सम्पूर्ण तैयारी पूरा
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको ११ औँ महाधिवेशनको सम्पूर्ण तैयारी पूरा भएको छ। अधिवेशन जुलाई २१ आइतबारका दिन दिउँसो १२ बजेदेखि दोङ्देमून स्थित नेपाल हाउसमा हुने तय भएको छ।
कोरियामा रहेका विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुलाई प्राविधिक कारण बस पत्राचार हुन नसकेको भए यो समाचारलाई आधार मानेर उपस्थित भइ अधिवेशन सफल बनाइदिनको लागि अध्यक्ष शुन्दरदिप आङ्देम्बेले अनुरोध गरेका छन्। यसैगरी लिम्बू समुदायका बुद्धिजीवी, ब्यापारी, समाजसेवी, पत्रकार, खेलाडी, विद्यार्थी लगायत विभिन्न पेसा व्यवसायमा आबद्ध सबैलाई आयोजकले उपस्थितिको लागि आव्हान गरेको छ।
सन् २००० मा स्थापित यस संस्थाले नेपाल तथा कोरियामा समेत विभिन्न परोपकारी कामहरू, आफ्नो संस्कार संस्कृतिको संरक्षणको निम्ति योगदान गर्दै आइरहेको छ। हरेक २ वर्षमा चुम्लुङको नयाँ नेतृत्व चुन्ने प्रावधान रहेको छ।