चण्डाल काठमाण्डौँ

बडा चण्डाल छ यार काठमाण्डौ
अर्ग्यानिक यूवाहरुको पसिना प्रदेशमा बेचेर
बिषादी मिसावट तरकारी किनि खान्छ
लम्पसार परेर सुती रहेको बाटोहरुको
क्यान्भासमा धुलो र हिलोले रङ्गगाई
टिल्लिक टल्केको बिएम डब्लुमा हुइकिन्दै
यूग उचालेर उभिरहेको
गुठी नामेट बनाउन खोज्छन्।
बडा चण्डाल छ यार काठमाण्डौ।
भोकाएको गिद्धहरुले झैँ
लुछदै लुछ्दै लुछ्दै लुछ्दै
बालुवाटार सिध्याएछ।
मान्छेहरुको प्यासी आत्माको बगर सक्रक सुकेछ्
मेलम्ची पानी आए पो प्यास मेटेर बोल्न सक्छ
मौकामा चौका चिलले चल्ला टिपे झै झ्याप्प
बडा चण्डाल छ यार कठमाण्डौ
समुन्द्रको डिलमा बसेर पानी मुनिको चन्द्रमालाई
हेरेर मुस्कुराउदै थिए
छालहरु लहराउदै हाँस्दै थियो
माछाहरुले सलबलाउदै जिस्काउदै थियो
लाजले भुतुक्क भएर फर्केर सामाजिक सञ्जाल खोलेर समाचार पढेँ
बर्खे भलबाडी सङ्गै आरक्षण कोटा पनि तेही समुद्रमा
बगाई पठाएछ
बडा चण्डाल छ यार काठमाण्डौ
होसियार धुर्तहरु हो !
बादर बाठो भएर धेर चकचक गरे
काठे धरानमा गुच्चा चेप्टेर
अभर पर्ने दिन आउनेछ तिमीहरुको पनि!!!
बिवस इलामे (खोम गुरुङ्ग )
कवि इतर आवाज साहित्य समाजका अभियान्ता हुनुहुन्छ।