गैर आवासीय नेपाली संघको सातौँ अधिवेशनमा अमृत राईद्वारा वरिष्ठ उपाध्यक्षमा उम्मेद्बारी घोषणा
गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष पदका लागि अमृत राईले उम्मेदवारी दिने भएका छन् । आगामी सेप्टेम्बर २१ र २२ तारिखमा हुन गइरहेको एनआरएन कोरियाको सातौं महाधिवेशनमा राईले उक्त पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
सन १९९१ मा कोरिया प्रवेश गरेका राई सामाजिक कार्यमा सक्रिय छन् भने हाल एनआरएन कोरियाको उपाध्यक्षमा रही काम गरिरहेका छन्। यसैगरी पूर्वाञ्चल सरोकार समाजको अध्यक्ष समेत रहेका राईले यसअघि विभिन्न संघसंस्थाहरुको कुशल नेतृत्व गरिसकेका छन्।
आगामी दिनहरुमा पनि यसैगरी सक्रियता पूर्वक नेपाली समुदायलाई सेवा सहयोग गर्दै अगाडि बढ्ने बताउँदै अहिले उम्मेद्बारी घोषणा र केही दिनमा कार्ययोजना लिएर आउने बताएका छन्। उनले आसन्न सातौं अधिवेशनलाई सफल बनाइ दिनको लागि कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई अनुरोध गरेका छन्।