Advertisement
SKIP THIS

तमू धीं दक्षिण कोरियाले अगष्ट ११ मा पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम गर्ने


तमू धीं दक्षिण कोरियाले आगामी कोरियन महान चाड छुसकको दोश्रो दिन आयोजना गर्न लागिरहेको बृहत सांस्कृतिक कार्यक्रम चौथो रोधीं सांगीतिक सौगात को सम्पूर्ण तयारी पुरा भए संगै यहि आउंदो अगष्ट ११ तारिख आईतबार सौलमा पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम गरि सम्पूर्ण जानकारी सार्बजनिक गर्ने भएको छ।

 

मौलिक पराम्परा र संस्कृतिलाई संरक्षण र संबर्द्वन गर्न र कोरियाबासी तमू एवं गैर तमू नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई आपतविपतको बेलामा राहत होस् भन्ने उद्देश्यले “दिर्घकालीन शेल्टर व्यवस्थापन तथा आपतकालीन राहतकोष स्थापना सहयोगार्थ” यहि आउंदो सेप्टेम्बर १३ मा सौल हेवा मा आयोजना हुन लागिरहेको कार्यक्रम चौथो रोधीं सांगीतिक सौगातको विविध विषयहरुको तयारी पुरा भएको सन्दर्भमा सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई जानकारी गराउनका साथै कार्यक्रमको सम्बन्धमा रहेको जिज्ञासाहरुलाई मेटाउन र कार्यक्रमको प्रचारप्रसारको उद्देश्य सहित पोष्टर र भिडियो प्रोमो पनि सार्बजनिक गर्न गईरहेको हुनाले निम्न मिति ,समय र स्थानमा कोरियाबासी सम्पूर्ण पत्रकार एवं मिडियाकर्मी,विभिन्न संघसंस्थाका प्रतिनिधि,समाजसेवी,कलाकार,राजनितिज्ञ,खेलाडी,विद्यार्थी,बुद्दिजीवी लगायत शुभचिन्तक ज्यूहरुमा गरिमामय उपस्थितिको लागि विनम्र अनुरोध गर्दछौं। मिति: २०१९ अगष्ट ११ ,आईतबार समय: दिउंसो ठिक १२:०० बजे स्थान: दर्शन नमस्ते रेष्टुरेन्टको हल,दोङ्देमुन सौल जाने तरिका: सौल मेट्रो लाईन नं. १ र ४ दोङ्देमुन स्टेशन

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...