गैर आवासिय नेपाली संघको सचिवमा सन्तोष कुमार राईको उम्मेदवारी घोषणा
गैर आवसिय नेपाली संघ एनआरएन दक्षिण कोरियाको सचिबमा सन्तोष कुमार राईले उम्मेदवारी घोषणा गरेका छन् । उनि अहिले एनआरएनए दक्षिण कोरियाका युवा संयोजक हुन् ।
नुवाकोट समाज, किराँत राई यायोख्खा, राईजिङ स्टार ग्रुप जस्ता दक्षिण कोरियामा सक्रिय संघ संस्थामा क्रियाशिल राईले संस्थाको सकारात्मक परिवर्तनका लागि आफ्नो उम्मेदवारी रहेको बताए । ‘मैले दक्षिण कोरियामा बसेर बिभिन्न जिम्मेवरीको काम गरेको छु । अहिले पनि एनआरएन दक्षिण कोरियाको युवा संयोजक हुँ । त्यसैले साथीभाइसँगको सहकार्य गर्दै संस्थालाई सकेको सहयोग गर्छु भनेर लागेको हुँ ।’ उनले भने । ‘हामी सबै मिलेर काम गरे राम्राे गर्न सकिन्छ । याे पटक सबै साथीभाइले राम्राे मान्छेलाइ नेतृत्व दिनु हुन्छ भन्ने अाशा छ ।’ उनले थपे । उनी एचडी माेबाइल म्यानजरका रूपमा काम गरिरहेका छन् । सचिवमा अहिलेसम्म कसैले पनि उम्मेदवारीको घोषणा गरेका छैनन् ।
यस अघि नै अध्यक्ष पदका लागि अहिलेका कार्यसमितिका बरिष्ठ उपाध्यक्ष बिपिन गुरुङ, बुद्धि गुरुङ र यज्ञराज सुबेदीले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा अमृत राई, उपाध्यक्षमा सोम तामाङ, सन्जिब राई, कोषाध्यक्षमा राजेन्द्र दुलालले उम्मेदवारी घोषणा गरि सकेका छन् ।