किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन अगष्ट २५ मा हुँदै
किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन हुने भएको छ। उक्त महाधिवेशन यहिँ अगस्ट २५ तारीख आइतबारका दिन दोङ्देमुन स्थित “निक नेपाल ट्राभल्सको” सभा हलमा हुने तय भएको संस्थाका अध्यक्ष बालकृष्ण बान्तावाले जानकारी गराएका छन्।
सन् २००१ मा स्थापित यस संस्थाले राई जातीको भाषा, धर्म संस्कार संस्कृति आदिको संरक्षण गर्दै सम्पूर्ण राई जातिलाई एकीकृत गर्दै आइरहेको छ। त्यस्तै कोरियामा रहेका संघ संस्थाहरुसँग हातेमालो गर्दै सामाजिक कार्यमापनी उत्तिकै सक्रिय रहेको छ।
केहि महिना अघि नै महाधिवेशन गरिसक्नुपर्ने भएतापनी विविध कारणले अधिवेशन सार्नुपरेको जानकारी गराउँदै कोरियामा रहेका सम्पूर्ण राई समुदायका बुद्धिजीवी,ब्यापारी, समाजसेवी,पत्रकार, खेलाडी विद्यार्थी लगायत विभिन्न पेसामा आबद्ध व्यक्तित्वहरुलाई उपस्थित भइ महाधिवेशन सफल बनाईदिनको लागि आयोजकले अनुरोध गरेको छ।