Advertisement
SKIP THIS

आज विश्व आदिवासी दिवस, दक्षिण कोरियामा अगस्ट १८ मा मनाइने


९ अगस्ट अर्थात विश्व आदिवासी दिवस । संयुक्त राष्ट्रसंघले विश्व भरि रहेका आदिवासीको पहिचान र कला संस्कृतिको संरक्षणका लागि यो दिवस मनाउँदै आएको छ । सन् २३ डसेम्बर १९९४ को राष्ट्रसघंको साधारण सभाले यो दिवस तय गरेको हो ।
युनेस्कोले गरेको एक अध्ययनको आधारमा विश्वको २२ प्रतिशत भुभाग आदिवासी जनजातिले प्रयोग गर्दै आएका छन् । युनेस्कोकै तथ्यांक मान्ने हो भने विश्व भरि कम्तिमा ३७० करोड आदिवासी समुदायका मानिसहरु बसोबास गर्छन् । उनीहरुले ७ हजार भन्दा बढि आदिवासी जनजातिका आफ्नै भाषा छन् ।
समयसँगै ठूला समुदायको असर आदिवासीका भाषा, धर्म, कला, संस्कृति र संस्कार माथि परेको छ । सबै भन्दा बढि देखिने असर आदिवासीले बोल्ने भाषामा देखिन्छ । यसैलाई बचाउनको लागि यो वर्ष संयुक्त राष्ट्रसंघले अन्तराष्ट्रिय आदिवासी भाषा दिवस मनाएको हो । विश्व भरि नै अगस्ट ९ मा औपचारिक कार्यक्रम भए पनि आदिवासीका भाषालाई संरक्षणका लागि के गर्न सकिन्छ भन्ने चेतनामुलक कार्यक्रम भने बर्ष भरि नै भैरहेको छ ।
संयूक्त राष्ट्रसंघको आदिवासी समूदायको अधिकार सम्वन्धी घोषणपत्रको आर्टिकल १४ मा आदिवासी समूदायले आफ्नो संस्कृती, भाषा, रितीरिवाज र चलनअनुरुप सुहाउँदो शैक्षिक प्रणाली, संस्थाहरु स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ । बिभिन्न अध्ययनहरुले स्पष्टसंग आदिवासी र गैर आदिवासी समूदायबिच शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानव अधिकारकमा ठूलो असमानता देखाउँदछ ।
संयुक्त राष्ट्र संघ अन्तरगतकै अन्तराष्टिय श्रम संगठनले सन् १९८९ मै आदिवासी जनजातिका अधिकारका बारेमा छुट्टै घोषणा पत्र जारि गरेको थियो । आर्टिकल १६९ भनिने सो घोषणा पत्र विश्वका धेरै देशमा कानुनको रुपमा लागु भएको छ । नेपालले पनि सो घोषणा पत्रमा हस्तक्षर गरेको छ । त्यसैले नेपालको कानुन अनुसार नै लागु हुन्छ । यसमा पनि आदिवासीका कलासंस्कृति, जनजिवन कसरी संरक्षण गर्ने भन्ने उल्लेख छ ।
नेपालमा नेपाल आदिवासी जनजाति महासंघले विभिन्न चरणको भाषा, कला, संस्कृतिको र अधिकारका लागि आन्दोलन गरि हरेको छ भने दक्षिण कोरियामा रहेको नेपाल आदिसवासी जनजाति महासंघ, दक्षिण कोरिया शाखाले अगस्ट १८ मा विश्व आदिवासी दिवस मनाउँदै छ । दक्षिण कोरियामा रहेको १२ वटा जातिय संस्थासँगको सहकार्यमा जनजाति महासंघले विश्व आदिवासी दिवस मनाउन लागको हो ।
कार्यक्रममा जातिय संस्थाहरुले आफ्नो भाषा, कलासंस्कृति झल्कने प्रस्तुति हुने आयोजकले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • मंगल योङहाङ लिम्बूद्वारा NRNA ‘उपाध्यक्षका’ लागि उमेदवारी घोषणा
  • एनआरएनए दशौँ अधिवेशनमा तारा पुन मगरले वरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिने
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...