Advertisement
SKIP THIS

काेरियामा २५औ विश्व आदिवासी दिवस अगस्त १८मा मनाइने


नेपाल आदिवासी जनजाति महासंघ काेरियाले २५औ विश्व आदिवासी दिवस यहि अगस्त १८ तारिख भब्यताका साथ मनाउने भएकाेछ।

२५औ विश्व आदिवासी दिवसकाे  सू-अब्सरमा विश्वभरिका सम्पूर्ण आदिवासी जनजाति तथा गैर्ह जनजातिहरुमा “नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले हार्दिक शुभकामना ब्यक्त गरेकाेछ।

संयुक्त राष्ट्र संघले सन् १९९४ देखि प्रत्येक वर्ष अगस्ट ९ लाई  विश्व आदिवासी दिवस” घोषणा गर्दै हरेक वर्ष बिभिन्न अभियान र वार्षिक प्राथमिकताका कार्यक्रम सहित मनाउने गर्दछ । बिगतका वर्षहरुमा जस्तै यो वर्ष “आदिवासी भाषा वर्ष २०१९” घोषणा गरि विश्वको आदिवासी जनजातिहरुको मातृ भाषाको वर्तमान अवस्थाको बारेमा खोज तथा अध्ययन , संरक्षण र सम्बर्दनलाई बिशेष प्राथमिकता दिने संयुक्त राष्ट्र संघ, आदिवासी स्थायी फोरमको घोषणा-पत्र मार्फत जारी गरेको छ ।

कोरियामा भने प्रवासको समयकाे अनुकुलता अनुसार यहि अगष्ट १८ तारिक याक्सू स्थित ( 중구청소년수련관 )सभाहलमा आयोजना रहने कार्यक्रम मध्यान्ह्व १२ बजेदेखी शूभारम्भ भई सॉझ ६ बजे समापन रहने छ ।कार्यक्रममा कोरियामा स्थापीत सम्पूर्ण संघसंगठनका लागी निमन्त्रणा गरिएकोमा कूनै कारणबस पत्र प्राप्त हून नसकेको खण्डमा यसै सूचनालाई आधार मानि उपस्थिति जनाइदिनूहून महासंघले अपील गरेकाेछ ।

संयुक्त राष्ट्र संघको लागि आदिवासी कोरियाली स्थायी नियोग तथा नेपाली महाबाणिज्य दुतावास सिओल प्रतिनिध लागायत कोरिया स्थित नेपाली समूदायका अग्रज तथा दिग्रज बुध्दिजिबिहरुको समेत उपस्थिति रहने छ । बिभिन्न पहिचान झल्कने भेषभूषा , कला सॉस्कृतिक झांकि सहित मनोरञ्जनात्मक नृत्यहरू प्रस्तुत रहने गरि कार्यक्रमको तय गरिएको छ । भाषा संस्कृति रितिरीवाज राष्ट्रको सॉझा सम्पदा हो सबैले स्वीकार गरौं ।

सम्पूर्ण नेपाली संस्कृति प्रेमी समुदायहरुमा आ-आफ्नो नेपाली जातीय सॉस्कृतिक पहिरन सहित उपस्थित भै “२५औ विश्व आदिवासी दिवस २०१९” को गरिमामय शोभा बढाईदिनु हुन महासंघले  अनुराेध पनि गरेकाेछ।

यसपटकको कार्यक्रममा केहि थप नयॉ अभ्यास सहित आयोजक  प्रस्तुत हूनेछ । कार्यक्रमको आधाआधी समयावधि भरि ड्यासमा आसीन अतिथिहरूलाई दर्शक दिर्घाबाट जबर्जस्त हेरेर बस्नूपर्ने अभ्यासलाई परिमार्जन गरि सम्पूर्ण बिशिष्ट ब्यक्तित्वहरूलाई दर्शक दीर्घाकै अघिल्लो लाइनमा बस्ने ब्यबस्था गरिएको छ ।

त्यसैगरि जनसंख्याको आधारमा क्रमबद्द सदस्य संस्थाको झॉकि तथा जातिय पहिरन तत् तत् संस्थाका अध्यक्षको नेतृत्वमा सम्बन्धित गीतको लय ताल अनूशार मञ्चमा प्रदर्शन रहने छ । उक्त झॉकि मञ्चमा रहेकै अबस्थामा सम्बन्धित सदस्य संस्थाका अध्यक्षले आफ्नो मातृभाषामा अनिवार्य पहिलो हरफको सम्बोधन गर्नूहूने छ बॉकि मन्तब्य(बढिमा ४ मिनेट ) सम्म स्वेच्छाले राष्ट्रीय भाषामा पनि गर्नसक्नूहूने छ । यसरिनै क्रमबद्द अरू झॉकिहरू आउनेछन् यसलाइ कार्यक्रमको पहिलो खण्डमै जोडेका छौं । महासंघका बरिष्ठ उपाध्यक्ष वाइ बि मगरले भने।

बिस्तृत जानकारीको लागी 01059407392

010-8536-0528

010-6585-1544

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...