किरात याक्थुङ चुम्लुङ कोरियाको संरक्षकमा समसेर पंधाक नियुक्त
किरात याक्थुङ चुम्लुङ कोरियाको संरक्षकमा समसेर पंधाकलाई चयन गरिएको छ। चुम्लुङ कोरियाको ११ औँ कार्यसमितिको पहिलो पूर्ण बैठकद्वारा पंधाकलाई संरक्षकमा चयन गरिएको हो। उक्त बैठकले विभिन्न विभागिय प्रमूखहरु पनि छनौट गरेको छ।
सन १९९२ मा कोरिया प्रवेश गरेका पंधाक चुम्लुङ कोरियाको संस्थापक कोषाध्यक्ष समेत हुन् भने कोरियामा रहेका लिम्बू जातिको अग्रज व्यक्तिव पनि हुन्। चुम्लुङ स्थापनाकाल देखिनै उहाँको निरन्तर अतुलनीय योगदान रहेको छ। उक्त योगदानको कदर गर्दै आगामी दिनहरुमा उहाँको आवश्यकतालाई महसुस गरी संरक्षकमा चयन गरिएको अध्यक्ष मिराक लिम्बू”अग्नि” ले जानकारी गराएका छन्।
सम्पूर्ण लिम्बू समिदायले आफुलाई चुम्लुङको संरक्षकमा चयन गरेकोमा खुशी व्यक्त गर्दै पंधाकले आफू पदिय जिम्मेवारी भन्दापनि एक लिम्बू भएको नाताले हरेक कुरामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। तेह्रथुम पौठाक निवासी पंधाक कोरियामा मात्र नभइ नेपालमा पनि उत्तिकै समाजसेवामा सक्रिय छन्।