Advertisement
SKIP THIS

एनआरएनए कोरियाको महिला संयोजकमा शुभद्रा पालुङवाको उमेद्वारी


आगामि सेप्टेम्बर २१ र २२ तारिख हुने एन आर एन ए दक्षिण कोरियाको महिला संयोजकमा ‘साझा एनआरएनए सबल एनआरएनए’ भन्ने नाराका साथ जेजूबाट शुभद्रा पालुङवाले उमेद्वारी घोषणा गरेकी छिन् । विगत लामो समयदेखि जेजूदोमा रहेका नेपालीहरुको सुख दुखमा साथ दिदै विभिन्न सामाजिक क्षेत्रमा सक्रिय शुभद्रा कोरियाको एनआरएनएमा महिला सहभागिता कम हुनुको साथै राजधानी केन्द्रित मात्र हुने भएकोले पनि आफुले उमेद्वारी दिएको बताइन् ।

विगतका वर्षहरुमा एनआरएनएको कार्यशैली त्यति उपलब्धिमूलक नरहेको तथा मजदूरमूखी नभई व्यापारमूखी मात्र देखिएकोले पनि उनले उमेद्वारी दिएको बताइन् । जेजूमा रहेका नेपाली मजदूर, विद्यार्थी मात्र नभई विभिन्न भिषामा बसेका हरेक नेपालीहरुको समस्या, हकहित र अधिकारका लागि सदैब आवाज उठाउदै र सहयोग पुर्याउदै आएकी शुभद्रा सामाजिक काम गर्नको लागि कुनै संघ संस्थामा लाग्नु पर्छ भन्ने मान्यता राख्दिनन् तर विगतमा देखिएको एनआरएनए भित्रको विकृति र विसंगतिलाई चिर्दै हरेक नेपालीको साझा संस्थाको रुपमा व्यवस्थित तरिकाले अगाडि बढाउने उद््ेश्यले उमेद्वारी दिएको प्रस्टाउछिन्। भन्छिन्, ‘यो पटकको एनआरएनको चुनावमा राम्रो नेतृत्व गर्न सक्ने, कोरियामा रहेको प्रवासी नेपालीहरुको हकहित र मजदूरहरुको समस्यालाई सम्वोधन गर्न सक्ने व्यक्तिहरु आउनुपर्छ । एनआरएनए आसन र भाषणमा मात्र सिमित हुनु हुन्न । ‘

कोरियामा रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदि बहिनीहरूले अमुल्य मत दिइ बिजयी बनाइदिनु हुन पनि उनले अनुरोध गरेकी छिन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...