उत्तर कोरियाले फेरी गर्यो मिसायल परिक्षण
उत्तर कोरियाले शनिबार दुइ चोटी पूर्वी सागरमा अज्ञात प्रक्षेपणहरू चलाएको छ । दक्षिण कोरियाको सेनाले संयुक्त राज्य अमेरिकासँगको आणविक वार्ता पुनः शुरु हुन लागेकोमा उत्तरले फेरि तनाव बढाएको भनेको कोरियाली संचार माध्यमहरुले जनाएका छन् ।
ज्वाइन्ट चिफ्स ऑफ स्टाफ (जेसीएस) का अनुसार, आज बिहानै दक्षिण हम्गयोंग प्रान्तको पूर्वी शहर सोंदोक बाट प्रक्षेपण गरिएको हो । तर यसको प्रकार, उड़ान रेन्ज तथा अधिकतम उचाई सहित लगायतको अन्य विवरण पत्ता नलागेको जनाएको छ ।
यसै बीच जापानको क्योडो न्युज एजेन्सीले भने उत्तरले ब्यालिस्टिक मिसाइलहरू परिक्षण गरेको दाबी गरेको छ । दक्षिणले पनि छोटो दुरिको मिसायल हुनसक्ने जनाएको छ ।
उत्तर कोरियाले गत हप्ता अगस्ट १६ मा मात्रै पूर्वी समुद्रमा छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परिक्षण गरेको थियो । अमेरिकासंग नि:शस्त्रीकरणको वार्ता प्रक्रिया पश्चात् १७ महिना पछि जुलाई २५ देखि उत्तरले आफ्नो प्रमुख हतियार परीक्षण पुनः सुरु गरेको हो । यो एक महिनाको अन्तरालमा गरिएको सातौं प्रक्षेपण हो ।