बैंक अफ कोरियाले नेपालमा वित्तीय साक्षरता प्रवर्द्धन लागि अनुसन्धान गर्ने


नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच ज्ञान साझेदारी कार्यक्रम (बीओके–केपीपी) कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच बीओके–केपीपी समझदारीमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट गभर्नर कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिला र दक्षिण कोरियाको केन्द्रीय बैंक, बैंक अफ कोरियाका अन्तर्राष्ट्रिय मामिला विभागका डेपुटी डाइरेक्टर जनरल जी योङ जुङले हस्ताक्षर गरेका छन् ।
यस कार्यक्रम अन्तर्गत बैंक अफ कोरिया र युनिभर्सिटी अफ कोरियाको संयुक्त अनुसन्धान टोलीले नेपालको वित्तीय समावेशीकरण तथा वित्तीय साक्षरताका बारेमा नीति तथा कार्यक्रम विषयमा अध्ययन–अनुसन्धान गर्नेछ । अध्ययनपछि टोलीले नेपाल राष्ट्र बैंकलाई अन्तरिम र अन्तिम (विस्तृत) गरी दुई चरणमा नीतिगत सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्नेछ ।
यस कार्यक्रमपछि नेपालको वित्तीय समावेशीकरण तथा वित्तीय साक्षरता अभियान विस्तारका लागि महत्वपूर्ण सुझावहरु प्राप्त हुने राष्ट्र बैंकको भनाई छ ।
समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा गभर्नर कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल मातङि मास्के र लघुवित्त प्रवद्र्धन तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ पनि सहभागी थिए । यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको अहिलेसमेत गरी तेस्रोपटक हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • बुख्याँचा बादशाह
  • जिन्दगीको जेब्रा क्रसिङ
  • सकुनि छिमेकी
  • क्याकटस फूल
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    error: Content is protected !!