जंगबहादुर भन्दा पहिला बेलायतमा पुगेका नेपाली को थिए ?


बि.सं. १९०६ माघ ४ गते काठमाडौबाट बेलायत यात्राको लागी निस्केको जंगबहादुरका टोली निकै ठूलो थियो । १२०० सैनिकको साथमा अन्य भाइभारदार, कर्मचारी, चित्रकार, भान्से, पण्डित सबलाइ लगेका थिए, जंगबहादुरले साथमा ।

यो टोली फागुन २ मा ढाका र फागुन २४ मा कलकत्ता पुगेपछि केही दिन त्यही घुम्नको लागी रोकिए । जगन्नाथ पुरीमा जंगबहादुरले ५००० रूपैया मन्दिरलाई दान गरेका थिए । आजकाे रकममा परिवर्तन गर्ने हो भने यो करोडौ रूपैया हुन आउछ ।

चैत्र २७ गते बेलायतको लागी पानीजहाजमा यात्रा आरम्भ भयो । ५००० पाउण्ड रकममा भाडामा लिएको पि एन्ड ओ कम्पनी (P & O Company) को हेडिङटन स्टिमर (Haddington Steamer) मा जंगबहादुरको यात्रा अारम्भ भए पछि १२०० सैनिकले बिदाइ गर्दा सबै सैनिकहरू धेरै समय सम्म पनि रूदै समुन्द्र हेर्दै बसेका थिए । उनिहरूको सोचाइमा समुन्द्री यात्रा डरलाग्दो हुन्छ तसर्थ महाराजा अब कहिल्यै फर्केर आउने छैनन् ।

मद्रास, सिलोन (श्रीलंका), एडेन (यमन), स्वेज (इजिप्ट), काइरो (इजिप्ट), एलेक्जेन्ड्रिया, जिब्राल्टर हुदै जेठ १४, १९०७ मा बेलायतको दक्षिण Southampton Harbour मा करिब साढे चार महिना पछि बल्ल पुग्न सफल भए ।

सबैको मान्यता जंगबहादुर यूरोप पुग्ने पहिलो नेपाली थिए । तर जंगबहादुर लण्डन पुगेको दुइ दिनमा नै सडकमा घुम्दै गर्दा अचानक सडकमा कुचो लगाएर माग्दै गरेको नेपाली माथी जंगबहादुरको आखा पुग्यो । उनले बोलाएर सबैकुरा सोधे । त्यसपछि कहिले कसरी बेलायत पुगेको सबै सबिस्तारमा बर्णन गरे उनले ।

उसको नाम मोतीलाल सिंह थियो, भक्तपुरमा जन्मेका उनि १९ बर्षको उमेरमा अंग्रेज नेपाल युद्धमा घाइते भएका उनलाइ अंग्रेज सेनाले कब्जामा लिएका थिए । उसको बहादुरीबाट खुशी भएका अंग्रेज सैनिक अधिकारीले उनलाई बि.सं . १८७१ मा गठन भएको 1st Gurkha Rifle मा सैनिकको रूपमा भर्ति गराइदिए । अंग्रेजी बाेल्न सिकेका उनले पछि कलकत्तामा बिबाह गरेर बालबच्चा पनि भयो । यसरी खुशीसाथ बसेको उसलाइ एक दिन एक ब्रिटिस क्याप्टेनले बेलायत जाने सपना देखाए । उनी क्याप्टेनको साथ बि.सं. १९०० तिर लण्डन पुगे । केही दिनमा भएको पैसा पनि चोरी भयो र लण्डनको सडकमा बेवारिस भए । मागेर खाने र St. Paul चर्चमा बस्ने र कुचो लगाउने काम गर्न थाले ।

अचानक १९०७ जेठ १६ मा जंगबहादुरको नजर परे पछि जंगबहादुरले उनलाई उसकाे दुखद परिस्थितिबाट मात्र मुक्त गरेनन् । उनलाइ आफ्नो यात्रा भरी दोभाषेको रूपमा साथ राखे । आफु जहा जहा गए सबै ठाउमा सम्मान साथ उसलाइ लिएर गए । मोतिलाल सिंहले जंगबहादुरलाई महत्वपूर्ण ठाउ मात्र घुमाएनन् । त्यहाको सबिस्तार बर्णन पनि गरे ।
जंगबहादुरका साथ पेरिस पनि पुगे मोतिलाल तर जंगबहादुर नेपाल फर्कदा उनि नेपाल फर्कन मानेनन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...