रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सेप्टेम्बर १३ मा
दक्षिण कोरियामा प्रवासी जीवन बिताइरहेका रुपन्देही जिल्ला बासिहरुको साझा संस्था रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको सातौं साधारण सभा तथा अधिवेशन यहि अाउने सेप्टेम्बर १३ तारिख हुने भएको छ।
सम्पूर्ण जिल्ला बासिहरुमा उपस्थितिका लागि अाग्रह ।
गत अाईतबार बसेको बैठकले उक्त निर्णय गरेको जानकारी समितिका अध्यक्ष रामु कार्कीले दिएको हो ।
विधान अनुसार बर्तमान कार्यसमितिको दुई बर्षे कार्यकाल पुरा हुन लागेकोले कोरियन पर्व छुसकको अवसर पारि सेप्टेम्बर १३ तारिखका दिन साँझ छ बजे सउलको दोंदेमुन स्थित नमस्ते रेष्टुरेण्टको सभा हलमा अधिवेशन हुने समितिले जनाएको छ।
सन् २००८ मा स्थापित भएदेखि हाल सम्म समितिले दक्षिण कोरया र नेपालमा पनि सक्रियताका साथ सामाजिक कार्यहरु गर्दै अाएको कुरा अध्यक्ष रामु कार्किले बताएका छन्।
कोरियामा प्रवासी जीवन बिताउने क्रममा जिल्ला बासिहरुलाई विभिन्न अापत विपत् एवं केहि भैपरि अाउने समस्याहरुमा साथ दिएर एकजुट भै अघि बढ्ने समितिको मुख्य उद्धेश्य रहेको बर्तमान सचिब बिज्ञान अार्यालले बताए ।
अधिवेशन सफल पार्नका लागि विभिन्न क्षेत्र अनुसार प्रतिनिधि सहित जिम्मेवारी तोकेको छ । त्यस्तो रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको साधारण सदस्य लिनका लागि जिल्ला बासी सम्पूर्णमा अाव्हान समेत गरिएको छ ।