रुपान्तरित तीज एक सांस्कृतिक क्रान्ति


“मेरा बाबा हुंदा हुन त चोलिया दाइजो दिंदा हुन्, ल्याउनु भाउजु जोली परेवा, सिरानी राखुला कामलीले ढाकुला परेवाको डाको सुनी विहानै उठुला”, “बाबाको आगनीमा कावली लायो कदमको छाँयाले, सातै डाँडा काटेर आएं आमा तिम्रो मायाँले । गुल्मी जिल्ला तिरको लोकभाकामा गाइने यस्ता तीज गीत अचेल गुल्मी लगायत नेपालका दुर दराज गाउघरमा सुनिन छाडेको दशर्कौ भयो । हिजोका दिनमा दिदी, आमा हजुरआमाहरुले भाका मिलाई मिलाई पोखेका विरहका ती गीतहरु “तीजको लहरै आयो वरी लै, ….फुल बुुट्टे जाले रुमाल…., …”स्याँङजा जाने बाटोमा तनाउ… विर्सी जाने मायाँलाई के भनौ जस्ता गितमा रुपान्तीत भई सकेको छ । विगतका यी यस्ता गीत गाउंदै नाच्ने,चोट व्यथा पोख्ने गाउघरका चोक मैदान र घरका आँगनहरु पार्टी प्यालेसका डान्स फलोरमा कहिले रुपान्तरित भयो पछिल्लो पुस्तालाई हेक्का सम्म छैन । तर जे होस हिजोका दिनमा विरह पोख्थे भने अहिले ती सवलाई विर्सेर एक छिन रमाइलो बेसाउने माध्ययम बनेको छ तीज र त्यस अघिका दर खाने प्रचलन । अझ थप पछिल्ले नव पुस्ता दुर्गेस थापाको “गांउका दिदी बहिनी सवै तीजमा आउने कुरो छ, ….हामी पनि नाच्नु पर्छ बीच विचमा” जस्ता नव आधुनिक परिवेशसंग गाउघरको परिवेशको संयोजन, पहिरन तथा कथाको रीमिक्स संगको रमाइलो प्रस्तुति संगैको लोक भाका सहितको तीज गीतमा देखाएको शालिनता र मिठो भाकाले भने पछिल्लो केही पुस्ताले पनि तीजको मर्म र भाका बुझेको र आशा लाग्दो पर्व बनेको छ तीज ।

तर तीजका रमाइला आध्यात्मिक धार्मिक र सामजिक पक्षलाई मनन गर्नु भन्दा पनि तीजका नाममा नेपाल सरकारका मातहतका कार्यालय लगायतले तीजको अवसरमा पार्टी प्यालेसतिर मनाउन बन्देज गरेको निर्णयले भने महिला वर्गलाई विद्रोही बनायो यस वर्षको तीज संस्कृतिले । अधिकांस महिला वर्गले नेपाल सरकारको यो उर्दीलाई महिलाको स्वतन्त्रता माथिको सरकारको दमनको रुपमा लिए । तर तीजको रौनकता र मान्यतामा भने आंच आउन दिएनन् महिला वर्गले ।

नेपालमा मनाइने सवै पर्व चाड नेपालको राष्ट्रिय चाड वा पर्व हुन् । नेपालमा अहिले सम्म सुचिकृत भई सकेका आदिवासी जनजातिका उनन्साठी समुदाय लगायतका सवै समुदायका खास खास पर्व तथा चाडहरु छन् । तिनिहरु मान्ने संस्कृति र परम्परा फरक फरक भएतापनि हरेक चाडपर्वको मुख्य उद्येश्य भनेको मानव जीवन शैलीलाई नियमन र रमाइलो दिनु नै हो चाड पर्व बारे खास चासो राख्नेका लागि । नेपाली सभ्यता सभ्यतै सभ्यताको संमेल वा संयोजन भन्न रुचाउंछु म । हिमाल पहाड तराई हरेक क्षेत्रमा मनाइने चाड पर्व स्थानीय बातावरण, कृषि र मानव जीवनको विविधता संग जेलिएको छ भन्दा फरक नपर्ला । पहाडमा घिउ चाकु मासु तीलको लड्डु तरुल खाने चाड माघे संक्रान्ति वा घ्यः चाकु संलु (नेपाल भाषा)तराईमा पुगेर माघि तथा मकर सक्रान्ति वा सक्रान्ति हुंदै तिलवा, लाई ,चुरलाई जस्ता पकवानमा मिठासिन्छ मधेशी जन जिव्रोमा । तीजकै सन्र्दभमा पनि टयाक्कै तीजका दिनमा नभए पनि तीज पछिको गणेश चर्तुथीका दिनमा करवा चौथको ब्रत मधेशी मुलका महिलाहरु राख्छन् ।

तीज र धार्मिक सास्कृतिक मान्यता
तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अचेल अन्य धर्म र समुदायका महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । जुन सामाजिक सदभाव र मेलमिलापको अनुपम नमुनाको रुपमा क्रमस उकालिंदै छ । तीजको अघिल्लो दिन खाईने दरले भोलि पल्ट ब्रतालु महिलाहरुलाई दिनभर उर्जा दिई रहन्छ । जसले उनीहरुलाई निराहार बस्न अलि सहज बनाउंछ । तर के र कति खाने भन्ने नियम पनि छ जसमा सात्विक भोजनका साथै अन्तीममा दही केरा र पेडा खाने प्रचलन छ । उसो त तीजको अघिल्लो दिन खाइने सात्विक भोजन नै दर हो तर अहिलेको बदलिंदो परिवेशमा काम काजी महिलाहरुको व्यस्तता र सामाजिक सम्बन्धमा आएको विविधताका कारण दरको संस्कृति महिनौ दिन अघि देखि शुरु हुने गरेको छ ।

धर्म र संस्कृतिको रुपमा परम्परागत मुल्य र मान्यताको आधारमा पर्व मानिंदै आएको छ तीज । हिन्दु धर्मावलम्बिहरुको लागि यो पर्वको खास महत्व छ । विशेष महिलाहरुको लागि यो पर्व श्रीमान संगको सम्बन्ध सुमधुर बनाउन, पारिवारिक मेल बढाउन र साथी संगी ईष्टमित्र संग भेट र सामाजिक सदभाव र मेलमिलाप बढाउन एउटा माध्ययमको रुपमा विकसित भएको छ । अचेल नजानिदो रुपमा टोल छिमेकमा महिलाहरु क्रमस संगठीत हुंदै गएको देख्छु म । रमाईलो लाग्छ । काठमाडौ त्यसै पनि सवै समुदायको संमिश्रीत शहर । काठमाडौ अझै रंगी चंगी बनेको छ अहिले तीजको माहौलले । समुदायको हिसावले सवै समुदायको उपस्थिथिति छ काठमाडौमा । तराइको छठ होस वा गौरा पर्व, विविध आदिवासी जनजातिका विविध पर्व होस वा नेवारहरुका इन्द्र जात्रा (येँया पुन्ही ) लगायतका विविध पर्व आआफनो धर्म संस्कृति र मुल्य मान्यतामा विभिन्न पर्व हरु स्वस्फृर्त रुपमा मनाउंछन् रमाइृलो लाग्छ । अझ रमाइलो तथ्य, अहिलेका पुस्तामा पनि आफनो पहिचान रुपि धर्म संस्कृतिमाथि निकै गर्व भएको देख्दा खुशी लाग्छ । सांच्चिकै अचेल नेपालीहरुमा आफनो मौलिकता माथि गर्व बढेको छ जुन मानव विकास र आत्म सम्मानको वृद्धि तथा समाजिक सर्मद्धिको गतिलो उदाहरण हो ।

समाजको मुल्य मान्यता र अंकुश प्रतिको विदो्रहको रुपमा तीज
हिन्दु धर्म संस्कार अनुसार श्री पार्वतीले श्री शिवजी वर पाउं भनि व्रत राखिएको वर्णन श्री स्वस्थानीको व्रत कथाकोमा उल्लेख छ । हिमालयकी पुत्री पार्वतीले आफनो मनले चाहेको वर पाउन कठोर तपस्या गरेको प्रसंगलाई तात्कालिन महिलाहरुले आफनो शरीर माथिको अधिकारलाई अनुभुति गरेको प्रसंगका लिंदा कसो होला ? अथवा महिलाका मानवीय चाहना, भावना र आकंक्षा माथि समाजको मुल्य मान्यता र अंकुश प्रतिको विदो्रहको रुपमा व्याख्या गर्दा कसो होला ? अव कुरा गरौ फेरी हरीतालिका तीजको । तीजलाई हिन्दु महिलाहरुले अत्यन्त श्रद्धा पुर्वक आत्मसात गर्दै र व्यबहारमा ग्रहण गर्दै आएको यो परम्परागत संस्कृति अहिलेका आधुनिक महिलाहरुले पनि क्रमस ग्रहण गर्दै छन् र ग्रहन गर्दै जाने छन् कालान्तर सम्म ।
पछिल्ला दिनमा तीजको पर्व बारे नकारात्मक टिप्पणीले सामाजिक संजाल लगायतका भित्ताहरु रंगिने गरेको छ । अझ दर खाने विषयमा त दर सित दारु मिसाएर खाने गरेको प्रसंगले यो धर्म संस्कृति माथिको आस्था नै डावां डोल हुन थालेको विश्लेषण हिन्दु धर्मका व्याख्याता हरु गर्छन् । हाम्रो नेपाली समाज तोड्नेमा नभएर जोड्नेमा विश्वास राख्ने समाज हो । यदी तीजसंग मानव जिवनको दर्शन लाई जोडेर लेखा जोखा गर्ने हो भने श्रीमान श्रीमती भनेका जीवन साथी हुन्, मानिसको अश्तित्व र पहिचान नैे उसको सुखी परिवार हो । पुरुष स्वभावैले अनियन्त्रित जीव हो तसर्थ उसलाई नियन्त्रणमा राख्न र गृहस्थीलाई सुचारु राख्न महिलाले संधै प्रेम र त्याग गरी रहनु पर्छ भन्ने जीवन दर्शन बोल्ने गरेको छ । श्रीमान उच्च नैतिकवान होस, निरोगी होस श्रीमती र परिवार संग संधै प्रेम रही रहोस भन्ने सकारात्मक सोच र कामना एउटा सुखी परिवारका लागि गरिने हो, तर अचेल धर्म संस्कृति परम्परा र मुल्य मान्यता समेतलाई अधिकार संग जोडेर हेरिन्छ त्यसैले त समाज विग्रंदै छ त भन्ने तर्क दिने गरेको छ दर्शन शास्त्रिहरु ।
आधुनिक विचार नै राख्ने हो भने पनि एउटा गतिलो र नैतिकवान जीवन साथी साथमा हुने हो भने जीवन यात्रा सहज र रमाईलो हुने गर्छ तर जीवन साथी अयोग्य छ भने जीवन भर अनावश्यक संघर्ष कम गर्नु पर्ने हुन्छ । परिवारमा अनावश्यक द्धन्द नहुंदा रचनात्मकता र सक्रियता बढ्छ । नयां र उत्पादनसिल सोचले निरन्तरता लिन्छ । जसले परिवार समाज र राष्ट्र विकासमा समेत सकारात्मक प्रभाव पार्छ । हाम्रा पुवर्ज हरु निकै वैज्ञानिक भएको अनुभुति हाम्रो धर्म संस्कृतिलाई अध्ययन र विश्लेषण गर्दा हुन्छ । तर हरेक धर्म संस्कृति र संस्कारलाई सतही रुपमा बुझने हाम्रो अल्प सोच, धर्म संस्कृतिको महत्व र गरीमालाई गलत ब्याख्या गर्ने प्रचलन र विकृतिलाई आधुनिकता संग जोड्ने बढ्दो प्रचलनले धर्म संस्कृतिको गरिमा र आस्था माथि नकारात्मक असर पारेको छ ।

मानव मनोविज्ञान र तीज
मानिस आस्था र विश्वासमा बाच्ने प्राणी हो । हरेक धर्म संस्कृति र परम्परामा आधारित मुल्य मान्यता मानिसलाई व्यस्थित रुपमा बाँच्नको लागि बनाईएका नियम र आचार संहिता मात्र हुन् । ब्रत बस्दैमा राम्रो श्रीमान पाउने परिवार सुखी हुने वा आर्थिक उन्नती हुने होईन भन्ने तर्क पनि छ आआफनो ठाउंमा । तर ब्रत बस्नु भनेको नियममा बांिधनु हो, नैतिक रुपले । मेरो राम्रो होस्, मैले गरेका हरेक काम सफल होउन्, मेरो परिवार सुखी रहुन्, परिवारको उन्नती होस, श्रीमान असल पाईयोस, छोरा छोरी असल बनुन्, प्राणी मात्रको कल्याण होस् भन्ने कामना गर्नुले मानिसको मनोविज्ञानमा सकारात्मक उर्जाको विकास हुन्छ । जव सोच सकारात्मक हुन्छ परिणाम पनि सकारात्मक नै हुने गर्छ मेरो बुझाईमा पनि ।
तसर्थ तीजको महत्वलाई मानव विकासका विविध अवयवसंग जोडेर विश्लेषण र ग्रहण गर्न आवश्यक छ विशेष गरी नयां पुस्ताले । विगतमा महिला माथि हुने हिंसा विभेद र परिवार श्रीमानको अस्विकार्यताको पिडा पोख्ने माध्ययम सोसियल हिलिंग नै थियो । तीज हिजोका दिनमा बिहे गरेकी चेलीले माइत आउँदा सासु ससुरा नन्द आमाजुको बुर्हातन र दिएका पिडा पोख्ने माध्यम थियो । वर्ष दिनको वेदना माईती र साथी संगी बीच पोखेर, थोरै भए पनि मिठो मसिनु खाएर नाचगान रमाईलो गरेर पिडा विर्सने माध्ययम बनेको थियो तीज । त्यस्तै निराहार र कष्ट साथ व्रत बसी, श्रीमानको दिर्घायुर आर्थिक समृद्धिको कामना गर्दै श्रीमानको आफु प्रतिको विश्वास र प्रेम बढाउने माध्ययम बनेको थियो तीज । अनि वर्षमा ४ दिन भए पनि वरपर छिमेकी, आफन्त र माईतसंग मेल सदभाव राख्ने माध्ययम बनेको थियो तीज । अचेल जस्तो टिभी फिल्म हेन प्रचनलको आविश्कार भएको थिएन विगतमा । पारिवारिक र मनोवैज्ञानिक समस्या हुंदा काउन्सीलिंग गर्ने माध्ययम समाज नै थिया तात्कालिन समाजमा । एक हिासावले त्यो सोसियल हिलिंग थियो तनाव र डिप्रेसन हुनबाट जोगिन । दिदी बहिनी आमा सानी आमा माइजु साथी संगीसंग मिठा परिकार खाने नाच्ने गाउने रमाईलो गर्ने र विरह व्यथा पोख्ने साँस्कृतिक क्रान्ति थियो तीज । अहिले तीजको रौनकमा फरकपन छ । विगतमा भन्दा अहिले तीज भड्किलो हुंदै गएको गुनासो छ जताततै छ । उसो त महिलाहरु अहिले कमाउ भएको कारण आर्थिक स्वतन्त्रता एक पाटो पनि हो तीज र दर खर्चालु हुनुमा । हिजोका दिन एक सरो राम्रो लगाउन र मिठो खान दशै तिहार कुर्नु पर्ने अवस्था अवका महिलालाई छैन । आफनो कमाई आफु खुसी गर्न पाउनु तीज महंगो हुनका कारक हुन् जस्तो लाग्छ ।

दरलाई दारु संग जोड्ने राजनीति र वास्तविकता
केही विकृति र तडक भडकलाई छोडेर तीज र दरको महत्वलाई बुझने र व्यबहारमा उतार्ने संस्कारको विकास गर्न आवश्यक छ । अहिले दर संग दारु मिसाएको प्रसंगलाई संस्कृतिम माथि भएको राजनीतिका रुपमा बुझदा बेस होला । दारु खानु वा मन लागेको पहिरनमा सजिनु मानिसको आफनो व्यत्तिगत चाहना हो । धर्ममा विविधता भएको हाम्रो देशमा रक्सी र मासुलाई समेत पवित्र प्रशादका रुपमा चढाईने मौलिक संस्कृतिमा आधारित धर्म संस्कार पनि छन् । तर त्यसलाई कुनै अन्य धर्म संस्कृति र पम्परा संग मिसाउनाले त्यसको गरिमा र मौलिकतामा विचनल ल्याउने गर्छ । यसले आफनो मौलिक संस्कृति, परम्परा र पहिचानलाई ओझेलमा पार्ने गर्छ नै अर्को तर्फ सामाजिक मुल्य मान्यता समेत असर पार्ने गर्छ र आफनो मौलिक परम्परा धर्म र संस्कृति बाट समेत मानिसको विश्वास गुम्दै जान्छ ।

निष्कर्श
समाजलाई व्यवस्थित र नियन्त्रित गर्न कुनै विश्वास, परम्परा संस्कृति तथा धर्मले एउटा बलियो संयन्त्रको रुपमा काम गरी रहेको हुन्छ । यसले समाजलाई अराजक हुनबाट जोगाउन र नैतिकवान बनाउन दृश्य अदृश्य रुपमा नियन्त्रण गरी रहेको हुन्छ भन्ने विश्लेषण दाशर्निक हरु गर्छन । यो एउटा जीवन दर्शन पनि हो । तसर्थ तीज पर्व मान्ने र दर खाने शैली लाई महिलाका अधिकारमुखि सवाल संग जोडेर वा दर संग दारु खाने प्रचनल र तड्क भड्कलाई बढाई चढाई गरेर यस प्रतिको आस्था, महत्व र गरिमालाई घटाउने तिर नभई यसलाई परम्परागत मुल्य मान्यतालाई समयानुकुल यथावत राख्दै परिर्वतित समाजमा कसरी रुपान्तरित र सहजीकरण गर्दै लान सकिन्छ, तीजलाई महंगा गहना लुगा किनेर, अनावश्यक तडक भडक गरेर तथा भोकै बसेर मात्र होइन निराहार बस्न नसक्नेले हल्का सात्विक भोजन खाएर पनि व्रत बस्न सकिन्छ, भन्ने उदाहरणीय सन्देश मार्फत तीजको महत्व र गरिमालाई बढाउंदा महिला वर्ग र सामाजको लागि हीतकर हुने छ । किनकी हरेक धर्म संस्कृति परम्पराको आफनै मौलिकतामा सुन्दरता र गरिमा हुने गर्छ र ती सवैको दर्शन भनेको परिवार र समाजलाई जोड्ने उद्येश्यलाई कार्यान्वयन गर्नु संग सरोकार रहन्छ । विगतमा दुःख सुखमा समाज संगै हुन्थे तर अहिले समाज क्रमस रुपान्तरित हुंदै गएको छ । मानिसका जीउने शैली फरक बन्दै गएको छ । त्यसैले अहिले विगतका मनोवैज्ञानिक रुपले कमजोर हुंदै गएको आंकलन छ मनोविज्ञहरुको । यस अर्थमा तीज र त्यस अघि खाइने दर को परम्परालाई समाजको भावना र यस पर्वको धार्मिक मुल्य मान्यता लाई आत्मसा तगर्न सकेमा तीज कुनै एक वर्ग समुदायमा मात्र नभई समग्र नेपाली समाज र समस्त महिला वर्गका लागि आर्दश पर्व बन्ने पक्कापक्की छ । सवैलाई तीजको शुभकामना ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • बुख्याँचा बादशाह
  • जिन्दगीको जेब्रा क्रसिङ
  • क्याकटस फूल
  • गजल – भन्न त छिट्टै फर्की आउछु भनेको थिएँ
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    error: Content is protected !!