एनआरएनए काेरियाकाे सचिबमा राजकुमार स्याङ्तानकाे उम्मेदवारी घाेषणा
आगामी सेप्टेम्बर २१ र २२ तारिख हुने एनआरएनए दक्षिण कोरियाकाे साताै महाधिबेशनका लागि सचिव पदमा राजकुमार स्याङ्तानले उम्मेदवारी घोषणा गरेका छन् ।
बिगत ९ बर्ष देखि कोरियामा आफ्नो कर्मथलो बनाएका स्याङतान सिन्धुपाल्चोक जिल्ला निवासी हुन भने हाल चितवनमा बस्ने गर्छन्। नेपाली सम्पर्क समिति काेरियाकाे बर्तमान कार्यसमितिका काेषाध्यक्ष समेत हुन। बुद्ध प्रतिमा स्थापना अभियानका अभियन्ता तथा सचिबालय समितिका कोषाध्यक्ष रहि सफल पदिय दायित्व पूरा गरेका छ्न । त्यसैगरी चितवन सम्पर्क समितिका सल्लाहकार पनि हुन।
राजकुमार स्याङ्तान तामाङ्गले तयार पारेकाे प्रतिबद्दता
१) सस्थालाई उचित मार्गदर्शन दिन,एनआरएनको उद्देश्य लाई आत्मसात गरि सक्रियरुपमा पदिय मर्यादा अनुरुप चल्ने ।
२) कोरियामा श्रमिक र बिद्यार्थीको समस्या निराकरणका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने
३) नेपाल हाउस ब्यवस्थापनमा जोड दिने
४) नेपाली कला, संस्कृति ,भेषभुषा लाई यहाँ रहेका संघसस्था संग सहकार्य गरि प्रबर्द्धन गराउने तथा भिजिट नेपाल २०२० को नारालाई सार्थक बनाउन कोरियन पर्यटकलाई नेपाल भित्र्याउन पहल गर्ने