तीजले निम्त्याएको तितो सत्य

विशेषगरी हिन्दू नारीहरूले मनाउने महत्वपूर्ण पर्व तीज भर्खरै सकिएको छ । भाद्र शुक्ल द्धितियादेखि पञ्चमी सम्म ४ दिन मनाइने तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अचेल अन्य धर्म र समुदायका महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । नेपाल बहु जाति, धर्म, संस्कार र संस्कृति भएको मुलुक हो । त्यसैले अन्य धर्म वा समुदायका महिलाहरुले पनि तीजलाई उत्तिकै महत्वका साथ मनाउदै आएका छन् । त्यसमा हामी सबै नेपालीले गर्व गर्नु पर्छ । किनकी हामी एक ले अर्काको भाषा, धर्म, संस्कृतिप्रति सम्मान गर्नु पर्छ र गर्छौं पनि तर मनमा लागेको एउटा कुरा, जिज्ञास होइन यो तिज मनाउने तिथि मिति समय सिमा शुभ साइत चाही ठाक्याकै कहिलेदेखि कहिले सम्म हो ?
तीजको अघिल्लो दिन खाइने सात्विक भोजन नै दर हो तर अहिले महिनौ दिन अघिदेखि दर खाने भनेर हरेक टोल छिमेक, घरघरमा दिदीबहिनीहरु भेला हुने रातभरी नाचगान गरेर होहल्ला अरुलाई बाधा पुर्याउने जस्ता तीजले निम्त्याएको समस्यावारे प्रतिनिधि पात्रको रुपमा लेख्न चाहन्छु । म गत एक दुर्ई महिना देखि हाइद्रोशिल बिरामी छु । अस्पताल बस्दा बस्दै दिक्क लागेर घरमै आराम गर्दै औषधी खानु भन्दै डाक्टरले शुझाब दिएको छ र म त्यहि अनुसार औषधी खादै छु अहिले लगभग निको हुन लागेको छ र तर बिडम्बना फेरी अर्को रोगको शिकार हुन वाध्य भएको छु । कारण जान्दा छक्क परे अहिले मलाई कब्जियत भएको छ डाक्टरका अनुसार रातमा सुत्न नसकेको कारणले रे । निन्द्रा पनि कसरी लागोस पल्लो छेमेकीको घरमा रातभरी छतमा मै राम्री छुरे भन्दै चर्को स्वरमा दिदीबहिनीहरु हल्ला गर्दै रात छर्लंगै पार्छन् । अर्को रात त सुनसान होला मजाले सुतौंला भन्यो तल्लो छिमेकीको घरको छतमा उही रात भरि पोइला जान पाम शिब पुइला जान पाम भन्दै उज्यालो पार्छन् । वरिपरि प्राय सबै घरको छतमा हरेक रात विभिन्न किसिमको तीज गीत घन्किए पछि कसरी निदाउनु ? सुत्न पर्ने बिरामी झन वरपरको तिजको महोलले लगातार सुत्न नसक्दा कव्जियत भएको छ । तीज जस्तो नेपाली पहिलाहरुको पवित्र पर्व मनाउने समय सिमा नहुदाको परिणाम म जस्तो अन्य पिडित कति जना आ(आफ्नै घरमा बसेरै पनि तिजको शिकार भयो होला भनी सोचन वाध्य भएको छु ।
प्राय सबै घरमा बृद बृद्ध बा आम त पक्कै पनि हुन्छ अनि उहाहरुको स्वस्थ्यमा यस्तो माहोलले कस्तो असर गर्ला कति नया रोग निम्त्यौला सोचनिय विषय बनेको छ । त्यसैले तीज मनाउने समुदायले एक पटक सोच्ने हो कि ? किनकी यसले हाम्रो समाज र संस्कृति जोगाउने नाममा बिकृतिलाई पनि बढुवा दिई रहेको त छैन भन्ने चिन्ता बढाएको छ ।
यसमा नेपाल सरकारको पनि कमि कमजोरी देखिन्छ । किन कि तिहारमा देउसी भैलो खेल्न समय सिमा तोकिन्छ अनि यो तिज मनाउने रातभरी अरुको निद्रा हराम गर्ने छुट किन ? नेपाल सरकारले तीज पर्व मनाउने समय सिमा तोक्नु पर्छ कि पर्दैन ?
हे मेरा दिदीबहिनीहरु हो, तपाईहरु चिटिक्कै भई रात भरि पोइल जान पाम पाम शिव भन्दै उफ्रनुस नाच्नुस् तपाईहरुको मनोकामना पुरा होस् मेरो पनि तीजको शुभकामना तर कमसेकम रातमा चाँही शान्तिसंग सुत्न पाम ।