याङसान “फुटसल टुर्नामेन्टको २०१९” सम्पन्न, उपाधि धराने ब्रदर्सले चुम्यो
याङसान नेपाली परिवार द्वारा आयोजित याङसान फुटसल प्रतियोगिता २०१९ को उपाधी धराने ब्रदर्स ख्याङसाङ नामदोले उचालेको छ।
आईतवार याङसान स्थित फ्यङसानदोङ छेयुग खोङवन मा भएको टुर्नामेन्टमा मा २३ टिमलाई पछिपार्दै धराने ब्रदर्सले उपाधी चुमेको हो। फाईनल खेलमा २-१ गोल अन्तरमा गोर्खाली देगु एफसी लाई हराउदै धराने ब्रदर्सले उपाधि आफ्नो पोल्टा पारेको आयोजकले जनायो। बिजेता र उपबिजेता ले क्रमश २० लाख र १० लाख वन नगद सहित शिल्ड मेडल र प्रमानपत्र हातपारे। नेपाल फुटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष कृष्ण गुरुङ (तमु ब्रो) को प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको औपचारिक कार्यक्रम याङसान नेपाली परिवारकी अध्यक्ष जिना गुरुङ्गको सभापतित्वमा भएको थियो।
प्रतियोगिताको उत्कृष्ट खेलाडी धरान ब्रद्सका प्रदिप कार्की र उत्कृष्ट गोलकर्ता देवु एफसीका क्याप्टेन राज थापा बने । त्यसैगरी उत्कृष्ट गोलरक्षक गोर्खाली देगु एफसिका नयन लिम्बु घोषित भए । उत्कृष्ट खेलाडिहरुलाई आयोजकका तर्फ बाट छुटै ट्रफीले सम्मान गरिएको थियो भने प्रतियोगिताका उत्कृष्ट खेलाडी प्रदिप कार्कीलाई लुम्बिनी रेस्टुरेन्टका सञ्चालक नरेश श्रीसबाट १ लाख वन नगदले सम्मान गरिएको थियो।