नेपाली सम्पर्क समिति दक्षिण कोरियालाइ कोरियाली सरकारमा दर्ता गरि वैधानिक मान्यता प्राप्त
नेपाली सम्पर्क समिति दक्षिण काेरियालाइ काेरियाली सरकारमा दर्ता गरि एनसिसिले वैधानिकता प्राप्त गरेकाेछ।
सन १९९३ मा स्थापना भई कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको हकहितका लागि विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको नेपाली सम्पर्क समिति स्थापना भएकाे २५ बर्ष पछि काेरियाली सरकारकाे सम्बन्धित निकाय साैल जाेङनाे गु काे कर कार्यालयमा २०१९ सेप्टेम्बर ४ तारिख दर्ता भएकाे छ।नेपाल कन्सल्टिङ वुइवन ह्वे (NCC) ,नेपाली सम्पर्क समितिका भु पु सचिब जगन्नाथ वलीकाे नाममा दर्ता प्रमाणपत्र नं.४६६- ८०- ०१५२१ रहेकाेछ।
कोरियामा रहेका सामाजिक संस्थाहरुको छाता संस्थाको रूपमा समेत परिचित नेपाली सम्पर्क समिति( NCC) कोरिया नेपालीहरूकाे सबै भन्दा पुरानाे संस्था हाे। लामो समयदेखि वैधानिकता प्राप्तिका लागि लागिपरिरहेको NCC कोरिया लामो र गौरवमय इतिहास बोकेको संस्था NCCले अहिलेसम्म कोरियन सरकारद्वारा वैधानिकता पाउन सकेको थिएन ।
NCC ले वैधानिकता पाएसँगै कोरियामा एनसीसीले गर्ने सम्पूर्ण सामाजिक गतिविधिहरु गर्न नेपालीहरुलाई सहज हुने भएको छ। स्थापनाकालको २५ बर्ष पार गरी २६औं वर्षमा संस्था दर्ता हुन सफल भएको छ यसले सम्पूर्ण NCC मा सूचीकृत संस्थाहरूमा खुसी छाएको छ। संस्था दर्ता गर्न अहोरात्र खटिने अग्रज व्यक्तित्व तथा सहयोग पुर्याउने सम्पुर्ण नेपालीहरुलाई NCC कोरियाले धन्यवाद ज्ञापन पनि गरेको छ।