Advertisement
SKIP THIS

एनआरएनए कोरियाको आगामि अधिवेसनमा क्षेत्रहरुमा पनि मतदान केन्द्र राख्न माग


सौल,  गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका दुईओटा क्षेत्रिय कमिटीले संस्थाको आगामी अधिवेसनका लागि मतदान केन्द्रहरु क्षेत्रमा पनि राख्न माग गरेका छन् । संस्थाको बुसान र थेगु सहितको ख्यङसान शाखा र जेजु शाखाले मतदान केन्द्रहरु शााखामा पनि स्थापना गर्न माग गरेका हुन् ।
दुवै शाखाले संस्थाका अध्यक्ष लक्ष्मी लामा गुरुङलाई आफ्ना क्षेत्रमा मतदानकालागि बुथ स्थापना गरिदिन माग गरेका हुन् । दुवै शाखाहरुले यसअघि यहाँका एनआरएनका पंजिकृत सदस्यहरुसँग संस्थाको अधिवेसनका विषयमा छलफल गरेका थिए । छलफलका क्रममा मतदानका लागि राधजानी सौल नै जानुपर्ने बाध्यकारी अवस्थालाई हटाई मतदान केन्द्रहरु विकेन्द्रीत गर्न केन्द्रसँग अनुरोध गर्न सुझाएका थिए ।
जेजु शााखाले त्यहाँका नेपालीलाई मतदान कै लागि सौल जान खर्चीलो र झण्झटिलो भएकाले जेजु मै मतदान केन्द्र राखिदिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । छलफलमा सहभागिहरुले राजधानि बाहिर पनि धेरै नेपाली हुँदा हुँदै पनि संस्थाले केन्द्रलाई मात्र प्राथमिकता दिँदा सबै नेपालीले एनआरएनएलाई आफ्नै संस्था हो भनि अपनत्व लिन नचाहेको बताएका थिए ।
त्यस्तै संस्थाका ख्यङसाङ शााखाका अध्यक्ष बेलमान थापा मगरले यहाँका नेपालीहरुको मागलाई लिखित रुपमा संस्थाका अध्यक्ष सहित निर्वाचन मण्डललाई ज्ञापनपत्र पठाईएको बताए । दुवै शाखाले मतदानकालागि सौल नै जानुपर्ने यसअघिका परिपाटिका कारण यहाँका नेपालीहरु संस्थाको सदस्यता लिन उत्साहित नभएको बताएका छन् ।
ज्ञापनपत्रका विषयमा प्रतिक्रिया दिँदै संस्थाकी अध्यक्ष गुरुङले निर्वाचन मण्डलसँग छलफल गरेर निर्णयमा पुगिने जानकारी दिईन् । निर्वाचन मण्डलका संयोजक देवी वस्नेतले क्षेत्रबाट पत्र आएको तर क्षेत्रमा निर्वाचन गर्ने नगर्ने विषय फाईनल नभएको बताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...