नेपाली सम्पर्क समिति( NCC)कोरियाको महाधिवेशन स्थगित !
नेपाली सम्पर्क समिति( NCC)को यही सेप्टेम्बर १४ र १५ तारिख गर्ने भनिएको १७अौं महाधिवेशन स्थगित भएको छ।
नेपाली सम्पर्क समितिलाई कोरिया सरकारको मातहतमा दर्ता गरि सकेपछि अधिवेशन गराउने कार्यसमितिको तयारी थियो तर संस्था दर्ता प्रक्रियामा सोचेभन्दा लामो समय लागेका कारण अधिवेशनको आन्तरिक तयारी पुरा हुन सकेन।त्यसैले केही समय सारिएको हो ।अब अधिवेशन कहिले गर्ने भन्ने बारेमा छिट्टै नै आम नेपाली समुदाय माझ जानकारी गराउनेछौं ।अर्को सुचना नआएसम्मका लागि स्थगित गरिएको हो ।NCC अध्यक्ष अन्जु केसीले बताइन् ।
नेपालीहरुको सबैभन्दा पुरानो र कोरियामा क्रियाशील संस्थाहरुको छाता संस्थाको रुपमा परिचित संस्था नेपाली सम्पर्क समिति कोरियाले स्थापना कालको २६ अौं बर्षपछि यही सेप्टेम्बर ४ तारिखका दिन कोरिया सरकारको समाज कल्याण परिषद अन्तर्गत दर्ता भई कानुनी मान्यता प्राप्त गरिसकेको छ।संस्था दर्ता भएसँगै नेपालीहरुलाई सामाजिक कार्यहरु गर्न सहज भएको छ भने धेरै नेपालीहरुले खुसि ब्यक्त गरेका छन् ।