नेपकोरले छुसकको दोस्रो दिन ‘व्रिजेश एन्ड वियोन्ड लाइभ इन सउल’ गर्ने


कोरियन चाड छुसकको अवसरमा नेपकोर ग्रुपले सेप्टेम्बर १३ तारिख अर्थात छुसकको दोस्रो दिन BRIJESH & BEYOND LIVE IN SEOUL डान्स पार्टीको आयोजना गर्ने भएको छ । दक्षिण कोरियामा रहेको नेपाली युवाहरुको समूह नेपकोरले लामो सयम देखि मनोरञ्जनात्मक कार्यक्रम गर्दै सामाजिक कार्यहरु गर्दे आएको छ ।
छुसकको दोस्रो दिन हुने कार्यक्रममा BRIJESH & BEYOND साथमा डिजे J-WOW को साथ रहनेछ । साथै कोरियामै रहेका नेपाली तथा काेरियन DJ काे साथमा मनोरञ्जन दिदै आएको यो ग्रुपले बिगतको केही बर्ष देखि दर्शकको रोजाइ अनुसार नेपाली कलाकारलाई कोरिया ल्याएर कार्यक्रम गर्दै आएको छ ।
नेपकोरले यस अघि मन्त्र ब्यान्ड, रबिन एन्ड रिभोलुसन, युवाहरूले रुचाएका गायक स्वप्न सुमनलाइ काेरियामा ल्याएर प्रस्तुती मार्फत दर्शकलाइ मनाेरञ्जन दिइसकेका छन् । दर्शकहरुको सहजताको लागि अनलाइन टिकट बुकिङ गर्न सकिने पनि आयोजकले जनाएको छ । बुकिङको लागि www.nepkor.com मा लगइन गर्न सकिनेछ ।
कार्यक्रम गाङनामको H2O Night Club मा हुनेछ भने दोङ्देमुनकाे गेट नं. ३ बाट कार्यक्रमस्थलसम्म जानको लागी बसको ब्यवस्था गरिएको छ । कार्यक्रम स्थल जानको लागी मेट्रो लाईन नं. ७ छङडाम स्टेशन गेट नं. १३ वाट ५ मिनेट पैदलै हिडेर जान पनि सकिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • फरक
  • आँसु, हाँसो र प्रश्न
  • पराजित पोमूका दुई प्रेमिल कविता
  • सिमापारीको कर्कस आवाज
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...