गायक राज ब्लोनको तामाङ सेलो गीत “पिङ्गै मार्चा थुला” सार्वजनिक (भिडियो सहित)


नव गायक राज ब्लोनको तामाङ सेलो दोहोरी गीत “पिङ्गै मार्चा थुला” गीतको म्युजिक भिडियो शनिबार सार्वजनिक भएको छ । गीतमा शब्द स्वयम गायक ब्लोनको रहेका छ भने तामाङ गीतसंगीतको क्षेत्रमा चर्चित गायिका जितु लोप्चनले साथ दिएकी छिन् ।

गीतमा सानु बाबु घिसिङको संगीत र नोर्बु शेर्पाको एरेन्ज रहेको छ । सरगम रेकार्डिङ स्टुडियोमा रेकार्ड भएको यस गीतमा मिक्सिङ दिपेश प्रधानको रहेको छ । गीतको भिडियो जिग्मे मिडिया मार्फत युट्यूबमा सार्वजनिक भएको हो ।

भिडियोमा बर्षा थिङ र सुनिल तामाङको अभिनय रहेको छ भने म्हाबर डान्स् क्रिउले साथ दिएको छ । सुरेश घिसिङको छायाँङ्कन, बज्र ङेसुरको सम्पादनमा बनेको यो गीतको भिडियो प्रतिक ङेसुरले निर्देशन गरेका हुन् ।

गायक राज ब्लोन बिगत ३ बर्षदेखि दक्षिण कोरियामा रोजगारी गर्दै आएका छ्न । परदेशमा रहेर पनि संगीतको क्षेत्रमा पनि त्यतिकै सक्रियता रुपमा अगाडि बढिरहेका छन् ।

गायक ब्लोनको पहिलो गीत ‘भट्टीला साहुनी’, हो भने दोस्रो गीत ‘नाना छामे’ हो । साथै गायक ब्लोनले गायक ज्ञान लामाको पहिलो गीत ‘नुवाकोटे मैच्याङ’ लगायत अन्य गीतहरूमा समेत आफ्नो शब्द स्वर दिइ सकेका छन् । उनको यो तामाङ सेलो गीत “पिङ्गै मार्चा थुला” तेस्रो गीत हो ।

भिडियो हेर्नुहोस्

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा नेपाली भाषा र कलासम्बन्धी कक्षा शुरु
  • एनआरएन कोरियाका सदस्यहरुलाई नेपालबाट डक्टरद्धारा निशुल्क स्वास्थ्य परामर्श
  • एनआरएनए कोरियाले नेपालमा तत्काल लगानीको अवसर बारे सम्मेलन गर्ने
  • कोरोनाका कारण विदेशमा ६ लाख नेपालीले रोजगार गुमाएको एनआरएनएको भनाइ
  • ताजा अपडेट

    ईपिएस

    भिषा सकिएका इपिएस कामदारलाई यही अप्रिल १३ बाट स्वत एक वर्ष भिषा थपिने

    दक्षिण कोरियामा इपिएस मार्फत कार्यरत विदेशी कामदारहरुलाई भिषाको अवधि सकिएपनि यही अप्रिल १३ तारिखबाट स्वात एक वर्ष भिषा थपिदिने भएका छन् । कोरियामा कोरोनाका कारण विदेशी कामदार भित्रिन नसकेपछि कामदारको अभावलाई पुर्ति गर्र्न एक वर्षको भिषा थपिदिने निर्णय ...

    दक्षिण कोरियामा कामदारको तलब बढ्यो

    नयाँ बर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्युनतम तलब बृद्धि भएको छ । गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन (८ सय ७० रुपैया) पाउने भएका छन् । यो बर्ष कोरोना महामारिका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो ...

    एमटियुले कोरियाको प्रवासी श्रमिकका अधिकार बारे अनलाईन शैक्षिक कार्यक्रम गर्ने

    दक्षिण कोरियाका प्रवासी श्रमिक युनियन (एमटियु) ले कोरियामा रहेका प्रवासी श्रमिकहरुको हक अधिकार बारे जानकारी गराउने उद्देश्यले आगामी शनिबार कोरियन समय अनुसार बेलुका ८. ३० बजे  जुम मार्फत अनलाईन शैक्षिक कार्यक्रम गर्ने जनाएका छन् । कार्यक्रममा  प्रवासी ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...