उदयपुर म्युजिकल कन्सर्टको आयव्यय सार्वजनिक, आधा रकम अझै उठेन
कोरियन नया वर्ष सलनालको अवसरमा उदयपुरसेवा समाजले गरेको कन्सर्ट को आयब्यय सार्वजनिक गरेको छ । आईतबार दोङदेमुन स्थीत कुमारी भन्छाघरको सभाहलमा एक कार्यक्रम गरि आय व्यय सार्वजानिक गरेको हो । समाजका उपाध्यक्ष तथा कन्सर्टका प्रचारप्रसार संयोजक समेत रहेका बिध्यानन्द चाैधरीले उठ्नुपर्ने रकम समयमै नउठेकोले गर्दा आयब्यय सार्वजनिक गर्न ढिला भएको बताएका छन् । आधा भन्दा बढि रकम अझै उठ्न बाकी भएकाे जनाएकाे छ ।
कन्सर्ट भएको छ महिना बितिसक्दा पनि कबुल गरेको सहयोग नदिनुले समाजमा नकारात्क सन्देश जाने अध्यक्ष मधुकर राईले बताए । सहयोग घोसना गर्ने याहाँका नामचलेका व्यावसायी, वुद्दिजिवि र समाजसेविहरु नै रहेको र उनिहरुबाटै यस्तोकिसिमको व्याबारहरुले समस्या भएको छ” उन्ले भने। हामिले कबुलगरेको सहयोग रकम तिर्नु भनि वारम्बार व्यक्तिगत फोन र मेसेजहरु पनि गरेऊ, चिट्ठी पनि काटेऊँ तर सुन्नु भएन अव हामी फोटोसहित फेसबुकलगाएतका सामाजिक सञ्जालमा नाम र फोटो सहित नै सार्वजानिक गर्ने छाै,अध्यक्ष राईले आक्रोस पोखे।
“तपाई हाम्रो साझा अभियान, स्वासथ्य क्षेत्रलाइ पहिलो स्थान” उदयपुरका दुर्गमा पहाडी भेगकोअपाङ्ग, वृद्दवृधा तथा बालबालिका लागि सह्योगार्थ उदयपुर म्युजिकल कन्सर्ट गत फेब्रवरी 4 तारिक नेपालबाट राष्ट्रिय कलाकारहरुको उपस्थितिमा समपन्न गरेको थियो। जस्को आयब्यय यस्तो छ
अायतर्फ:
कार्यक्रम अगाडि बोलेको ब्यक्तिगत सहयोग:16,323,115वन
कार्यक्रम हलमा आएको ब्यक्तिगत सहयोग:1,582,000 वन
कार्यक्रम हलमा आएको संस्थागत सहयोग:1,711,000वन
टिकट 723 बापत आएको रकम:18,075,000 वन
बिबिध स्पाेन्सर बाट प्राप्त 4,270,000 वन
खर्चतर्फ~
हल+ साउण्ड सिस्टम:6,692,000वन
यातायात:1,294,500वन
टिकट तथा ब्यानर:1,415,000वन
कलाकार स्पोन्सरमा:1,800,000वन
प्लेन भाडा:8,066,000वन
कार्यक्रम माग निवेदन (NCC):300,000वन
खाना खाजा( कलाकार +स्वयंसेवक ):2,721,500बन
खादा,ब्याच,मैन,लाइटर:328,326वन
होटल +मोथेल(कलाकार +स्वयंसेवक ):2,030,000वन
मिडिया र डिजाइन खर्च :450,000वन
कलाकार पारिश्रमिक :7,723,974वन
जम्मा आय :41,961,115वन
जम्मा खर्च:32,821,300 वन
नाफा:9,139,815वन
ब्यक्तिगत सहयोग उठ्न बाकी:1,762,000वन
टिकटको उठ्न बाकी:3,750,000वन
कोषमा रहेको रकम:3,627,815वन