छङ्वान नेपाली समाज गठन, अध्यक्षमा मिलन राई


दक्षिण कोरियाको बुसान स्थित खिजाङ्गुन छङ्वान एरियामा बस्ने नेपालीहरुको एक भेलाले आइतबार छङ्वान नेपाली समाजको गठन गरेको छ। समाजको अध्यक्षमा मिलन राई निर्वाचित भएका छन् भने उक्त भेलाले १५ सदस्यीय कार्यकारिणी समितिको समेत चयन गरेको छ ।

निर्वाचित कार्यसमितिमा बरिस्ठ उपाध्यक्षमा अशोक राई, उपाध्यक्षमा निम बमजन र मिलन लामा, सचिवमा सुजन सापकोटा, सह-सचिवमा गोपाल राउत, कोसाध्यक्षमा सुखराज राई र सह-कोसाध्यक्षमा कुबेर पुन मगर रहेका छन् । त्यसैगरी सदस्यहरुमा बिनोद गुरुङ, चुडा बहादुर क्षेत्री, मिलन भण्डारी, डिल्लिराम खड्का, रमेश अधिकारी, झपेन्द्र पाटा र डम्बर बहादुर घिसिङ रहेका छन् ।

“शारिरिक तथा मानसिक तनाबबाट मुक्ती पाउनको लागि यो संस्थाले बिबिध कार्य गर्नेछ”-संस्थाका नवनिर्वाचित अध्यक्ष मिलन राईले बताए ।  उनले भने, “सफलताको कडि भनेको नयाँ काम गर्नु मात्र नभै सामान्य कामलाई नयाँ तरिकाले गर्नु पनि हो।”

समाजसेवी आनन्द राईले सवै निर्वाचित पदाधिकारीहरुलाई  खादा लगाएर सम्मान गरेका थिए भने शुभकामना मन्तव्य दिँदै राईले भने, “नेपालीहरु प्रसस्तै रहेर पनि पहिलोपटक यो क्षेत्रमा नेपाली समाज गठन हुनु आफैमा सुखद कुरा हो ।”

त्यस्तै नेपाली साहित्य समाज, दक्षिण कोरियाका अध्यक्ष यल्जी विवशले सम्पूर्ण पदाधिकारीको पूर्ण सफल कार्यकालको लागि शुभकामना दिदैँ मन्तव्यको क्रममा भने, ” यो एउटा ऐतिहासिक घट्ना हो र यो संस्थाले भोलिको दिनमा खेलकुद ,संस्कृति तथा समाजसेवाको क्षेत्रमा उल्लेखनीय कार्यहरु गर्नेमा म विस्वस्त छु।”

समाजको मुख्य लक्ष्य खेलकुद भए तापनि सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समेत अन्य संस्थाहरुसँग हातेमालो गरेर अघि बढ्ने नीति रहेको छ । समाजद्वारा कोरियामा रहेका सम्पूर्ण नेपाली फूटबल क्लबहरुलाई समेटेर चाँडै फुट्सल तथा फूटबल टुर्नामेन्टको आयोजना गरिने  छ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...