Advertisement
SKIP THIS

तमू धीं दक्षिण कोरियाको चौथो “रोधीं सांगीतिक सौगात” भव्यताका साथ सम्पन्न ।


तमू धीं दक्षिण कोरियाले यस वर्षको कोरियन चाड छुसकको अवसर पारेर “चौंथो रोधीं सांगीतिक सौगात” भव्यताका साथ सु-सम्पन्न गरेको छ ।  प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु भन्ने तमू विश्वव्यापी नारालाइ आत्मसाथ गर्दै  दीर्घकालीन सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्वेश्यका साथ यही सेप्टेम्बर १३ (छुसकको दोश्रो दिन) 서울특별시 종로구 대학로 156 सउल थुकब्यल्सी जुङ्रोखु थेहाक् रो १५६ (Dongsung Concert Hall) मा कार्यक्रम सु-सम्पन्न भएको हो ।

गएको जून १६ मा नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया र कोरियास्थित छाता संस्था नेपाली सम्पर्क समिति (NCC)ले छुसकका लागि गरेको कार्यक्रम बाँडफाँडपछि तमु धीं कोरियाले अनुमति पाए बमोजिम कार्यक्रम तमु धींले कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका मुख्य आकर्षणहरुमा लोक तथा दोहोरी ब्याटल गायक (बोलमाया/गलबन्दी) प्रकाश सपुत, पहिलो नेपाल आइडल/भर्सटायल गायक बुद्व लामा, हाँस्यकलाकार फुलन्देकी आमा (उमेश राई), लोक तथा दोहोरी गायिका बत्ती थापा मगर, पप गायिका त्रिशला गुरुङ, डान्सर आश्मा विश्वकर्मा र सरोज अधिकारी (Cartoonz Crew), साथमा ख्यातीप्राप्त अन्य स्थानीय कलाकारहरुको आकर्षक प्रस्तुतिहरु रहेको थियो ।

संस्थाका केन्द्रिय अध्यक्ष जित बहादुर गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रम तमु धीं ख्यङ्साङ्नाम्दो- बुसान शाखाका अध्यक्ष अनिस गुरुङको स्वागत मन्तव्यसँगै कार्यक्रम शुरुवात भएको थियो । नेपाली राजदुतावास दक्षिण कोरियाका उपनियोग प्रमुख राम सिं थापाको प्रमुख आतिथ्यमा र नेपाल आदिवासी जनजाति महासंघ द.काेरियाका अध्यक्ष युगेल टेन्डुप शेर्पाकाे बिशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।  प्रमुख आतिथि रामसिं थापाले कार्यक्रमका विच बोल्दै यस्ता खाले कार्यक्रम हरेक कार्यक्रमपछि आर्थिक पारदर्शिता हुनुपर्ने र जुन उद्वेश्यले कार्यक्रम गरिएको छ त्यही अनुसार कार्यान्वयन हुनुपर्नेमा जोड दिदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यस अघि २०१५ मा तमु धीं दक्षिण कोरियाले “कर्मा ब्याण्ड”को साथमा रोधीं सांगीतिक सौगात भाग ३ को आयोजना गरेर कार्यक्रम भव्यताका साथ सफल पारेको थियो ।

औपचारिकपहिलो कार्यक्रम बोम्जन गुरुङको सहजीकरणसँगै संस्थाका केन्द्रीय महासचिव लेसन गुरुङले संचालन गरेका थिए भने दोश्रो अनौपचारिक तथा मनोरन्जनात्मक कार्यक्रम संचालन टोप गुरुङको सहजीकरण सँगै कुशल प्रस्तोता बिक्रम गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

यसपटकको कार्यक्रम करिव १२०० जना भन्दा धेरै दर्शको भव्य उपस्थिति रहेको सो कार्यक्रममा आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने आमन्त्रित कलाकार, स्थानीय कलाकार, स्थानीय कलाकार, संस्थाका शाखाहरु, सम्पूर्ण संघ-संस्था एवं नेपाली दाजुभाई दिदीबहिनीहरुमा तमु धीं हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...