एनआरएनए कोरियाको अधिवेशनका उम्मेदवारहरुको नामावली प्रकाशन, ३ अध्यक्ष सहित ३१ जनाको उम्मेदवारी


सौल । निर्वाचन समिती द्वारा एनआरएन कोरियाको सातौँ अधिवेशनका उम्मेद्वारहरूको नामावली प्रकाशन गरेको छ। निर्वाचन समितीका संयोजक डा. देबी बहादुर बस्नेतका अनुसार उम्मेद्वारहरूले समितीमा पठाएका कागजात अनुसार नामावली प्रकाशित गरिएको छ।

प्रकाशित उम्मेदवारहरुमा ३ जना अध्यक्ष, ८ जना उपाध्यक्ष, महासचिवमा २ जना, सचिवमा ३ र कोषाध्यक्षमा पनि ३ जनाको उम्मेदवारी परेका छन् । त्यस्तै सह-कोषाध्यक्षमा एकजनाको मात्र उम्मेदवारी परेको छ भने युवा संयोजकत्वमा २ जनाको रहेको छ । त्यस्तै महिला सदस्यमा पनि एकजनाको मात्र दर्ता रहेको छ । सदस्यमा भने ६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले सार्वजनिक गरेको छ ।

केहि उम्मेद्वारहरूको केहि कागजात प्रमाणित हुन नसकेकोले उम्मेद्वारी स्थगन गरिएको जनाएको छ । नामवली प्रकाशित नभएका उम्मेद्दारहरूले निर्वाचन आयोगमा सम्पर्क गर्न अनुरोध गरिएको छ । त्यस्तै सार्वजानिक गरिएको उम्मेद्वारहरूको दाबी बिरोधको लागी समेत आह्वान गरिएको छ। दाबी बिरोधको लागी १८ तारिख बेलुका ७ बजे सम्म निर्वाचन समितीमा निवेदन दिन सकिने बताईएको छ।

निर्वाचन समिती द्वारा सार्वजनिक उम्मेद्वारहरूको नामावली यस्तो छ :

१)लक्ष्मी गुरूंग –आईसीसी सदस्य
२)ओम नारायण जुग्जाली -आईसीसी सदस्य
३) बिपिन गुरूंग- अध्यक्ष
४)बुद्दि गुरूंग -अध्यक्ष
५) यज्ञराज सुवेदी -अध्यक्ष
६)दिपक पुन -बरिष्ठ उपाध्यक्ष
७)अमृत राई -बरिष्ठ उपाध्यक्ष
८)अम्बिका डिसी पार्क -उपाध्यक्ष
९)सन्जिव कुमार राई -उपाध्यक्ष
१०)सुरेश खत्री -उपाध्यक्ष
११)यदु लामिछाने -उपाध्यक्ष
१२)सोम बहादुर तामाङ -उपाध्यक्ष
१३)ईश्वर बहादुर रोकाया-उपाध्यक्ष
१४) धर्मराज जोशी -महासचिव
१५) बिमल सुवेदी -महासचिव
१६) किशोर कोईराला -सचिव
१७) रोशन भट्टराई -सचिव
१८) राजकुमार स्यांगतान -सचिव
१९) चन्द्र राना-कोषाध्यक्ष
२०)कुन्सांग शेर्पा -कोषाध्यक्ष
२१)संगिता कुवँर -कोषाध्यक्ष
२२) सन्तोष खड्का -सह-कोषाध्यक्ष
२३) अरूण श्रेष्ठ -यूवा संयोजक
२४)अभिषेक सापकोटा-यूवा संयोजक
२५)शुभद्रा पालुंवा -महिला संयोजक
२६) दिनेश चौलागाइ-सदस्य
२७)उमेश पोख्रेल -सदस्य
२८)ओम बहादुर कार्की -सदस्य
२९)सुवास चन्द्र चौधरी -सदस्य
३०)अभिषेक कुमार चौरासिया -सदस्य
३१)बिश्वमणी दाहाल -सदस्य

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • फरक
  • आँसु, हाँसो र प्रश्न
  • पराजित पोमूका दुई प्रेमिल कविता
  • सिमापारीको कर्कस आवाज
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...