म सपनासित यात्रा गर्छु (कविता)


भर्खरै,
समय गोजीमा खाँदेर
ओलिम्पस के चडिरहेको मात्र थिएँ
पुरै आकाश समुद्रको बिचमा खस्यो ।
माझिहरु डुङ्गा चडेर घाम टिप्न दौडिरहेका थिए
समुन्द्रको किनारमा नुहाई रहेका युवतिहरु
पेन्टी र ब्रा बोकेर तारा टिप्न हतारमा थिए
कुहिरो फुलको आकृती बोकेर
मान्छेहरुको भिँडमा मिसिदै थियो।
मजदुरहरु लुगा फुकाएर
सडकमा जिन्दगी बिच्छ्याएर सुतिरहेका थिए।
बच्चाहरु झ्याँउकिरिको गीतमा नाचिरहेका थिए।
कविहरु ल्याम्पपोस्टको फेदमा उभेर
कविताको लिलामी पत्रमा हस्ताक्षर गर्दै थिए।
खस्यो…!
खस्यो…..!
आकास समुद्रको बिचमा खस्यो !
समयको भालाले मेरो मुटु घोचिरहेको रहेछ।
अलराम बज्यो
……!
फगत यो,
सपना न थियो।

घामको पाईला पछ्याउदै
सपनाको महासम्मेलनमा जब म हाजिर छु
आफ्नै मुटु हत्केलामा बोकेर
आयुको अन्तिम विन्दु भेट्न
सुदुर यात्रामा पो रहेछु।

हो,म सपना सित यात्रा गर्छु !

‘कुहिरोको थाङ्ना जस्तो जिन्दगी
रमिताहरुको सम्मेलन होकि?
सपनाहरुको बैठक ?
या त अनुभुतिहरुको भेटघाट ?’

भर्खरै,
काँधभरी आयु बोकेर
विश्व यात्रामा दगुरिरहेको थिएँ
मेरो पछि पछि
तान्त्रिक युग आउदै थियो।
अचानक आगो सल्कियो…!
पुरै संसार अँध्यारो थियो
राँके भुतहरुले ढुङ्गा बालेर
समुन्द्रमा डडेलो लगाई रहेका थिए
माझिहरु सुरुवाल सुर्केर माछा बटुल्दै थिए।
सुन्दरीहरु डाइमन्ड खोजिरहेका थिए।
मजदुरहरु समुन्द्रको किनारमा गारो लगाइ रहेका थिए।
सल्कियो…!
पुरै सल्कियो…….!
सिर्फ यो सपना न थियो ।

युगको छातिमा टेकेर
समयको नालबाट जब बर्सिन्छ गोला बारुद
जिन्दगी तेसै तेसै लगाई दिन्छ
सपनाको बाक्लो लुगा
जिन्दगी भन्नू सपनाको बजार जस्तै-जस्तै
जिन्दगी भन्नू अनुभुतिको महाउत्सव हो !
म पताका पड्काउछु -पड्काउछु
ड्याम्म……!
ड्याम्म………..!
भर्खरै ,

जमिन ओछ्याएर म प्रेममा थिएँ
उनले आकाश ओडेर मलाई चुम्यो
बिस्तारै छामें मैले उस्को मुटु
उस्ले छाम्यो मेरो समय
अचानक उस्को मुटु टुक्रा-टुक्रा भएर पड्क्यो।
पहाड पड्क्यो!
हिमाल पड्क्यो!
आकास भरी छरियो उस्को मुटुको टुक्रा
जन्मियो लाखौं तारा।
आखिर अन्तिम सपना न थियो !

मार्क्सले युग चपाएर
समयको च्याँख्ला छादे पछि
मान्छेहरुको गिदि अचेल भ्रममा छ।
सुकरातको सालिक अझै व्यापार गर्छ
उराठ लाग्दो हटियामा,
फ्रायडले जब सम्म आफ्नो लिङ्ग
प्रेमिकाहरुलाई उपहार बाँड्छ,
पृथ्वी आफै सित संभोग गरिरहन्छ।
हकिङले आँखा तन्काएर
जब एलियन संग संवाद गर्छ,
ब्ल्याकहोलमा मान्छेहरु प्लटिङ सुरु गर्नेछन।
नित्सेले ईश्वरको मुटु ,कलेजो सेक्वा बनाएर
रक्सी संग चपाउन थाले पछि
महामानवहरु सवार हुनेछन तेज गतिमा
धर्म गुरुहरु धर्मग्रन्थको आगो तापेर
तरुनीको काखमा बसेर प्रवचन दिदैहुनेछन।

‘वाह! वैरागी काईला,
मध्यरात पछि
गणतन्त्र चोकमा मुन्धुम फलाक्दै
जोखना हेरिरहेछ।’

-हो म,
विशाल अनुभुतिको पहाड बोकेर
आयुको ईन्जारले समय तान्दै
सपनाहरु सित यात्रा गरिरेहेछु –

-गणेश हाङ्सेम, कवि याक्थुङ लेखक संघ दक्षिण कोरियाका उपाध्यक्ष हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...