कोरियाबाट लोचन राई द्वारा एसिया प्यासिफिक उप संयोजकमा उम्मेदवारी घोषणा
गैह्र आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आसन्न ९ औं महाधिबेशनका लागि लोचन राईले एसिया प्यासिफिक उप संयोजकमा उम्मेदवारी घोषणा गरेका छन्।
लामो समय कोरियामा बस्दै आएका राई बर्तमान एन आर एन ए आइसिसि सदस्य समेत हुन । राइ लामो समय देखि निरन्तर समाजसेवामा सक्रिय रहदै आएका छन् । कोरियामा स्थापना भएको नेपालीहरुको सबै भन्दा पुरानो सामाजिक संस्था नेपाली सम्पर्क समितिका पुर्ब अध्यक्ष, एन आर एन ए कोरियाका पुर्ब उपाध्यक्ष हुदै हाल आइसिसि सदस्य हुन। यस बाहेक सामाजिक अभियन्ताको रुपमा समेत परिचित छन् राई ।
बुद्द प्रतिमा स्थापना अभियान, नेपाल हाउस ब्यवस्थापन अभियान लगायत अन्य सामाजिक अभियानमा समेत सक्रिय रुपमा सहभागिता रहेका थिए । पेशाले इन्जिनियर रहेका राइ एन आर एन ए संस्था र अभियान मार्फत समृद्ध नेपाल निर्माण गर्नका लागि एसिया प्यासिफिक उप संयोजकमा उम्मेदवारी घोषणा गरेको बताए । बिश्वभरबाट नेपालमा भेला भइ ९ औ महाधिबेशन मार्फत आफुलाई एसिया प्यासिफिक उपसंयोजकमा अमुल्य भोट दिइ बिजयी बनाइ दिनु हुन एसिया प्यासिफिकका एन आर एन दाजुभाइ तथा दिदिबहिनीहरुलाइ हार्दिक अपिल समेत गरेका छन्।