Advertisement
SKIP THIS

स्याङ्जा परिवार किम्हे बुसान शाखाले आउँदो अक्टोबर २० मा चलचित्र “कबड्डी ३” कोरियामा प्रदर्शन गर्ने ।


स्याङ्जा परिवार किम्हे बुसान शाखाले आउँदो अक्टोबर २० मा यस वर्षको बहुप्रतिक्षित नेपाली चलचित्र “कबड्डी ३” किम्हे शहरको 김해 문황원 हलमा (किम्हे बस टर्मिनल नजिकै) प्रदर्शन गर्ने भएको छ ।

संस्थाको आपतकालीन राहतकोष निर्माण सहयोगार्थको मुख्य उद्वेश्य सहित सो चलचित्र प्रदर्शन गर्न लागिएको स्याङ्जा परिवार किम्हे बुसान शाखा अध्यक्ष कमल अर्यालले जानकारी दिए । शाखाका वरिष्ठ सल्लाहकार राजकुमार आले थप्छन्-पोखरा, मुस्ताङ र अन्नपूर्ण आधार शिविर वरपर छायांकन गरिएको नेपाली सिनेमा क्षेत्रमा दर्शकहरुले निकै रुचाएको ब्राण्ड नै बनेको सिरिज हो ‘कबड्डी’, यो तेश्रो सिक्वेल हो जसले पूर्ण मनोरन्जन दिने र कोरियामा यसले ब्यापक सफलता प्राप्त गर्नेमा विश्वस्त छौं ।”

रामबाबु गुरुङ निर्देशित सिनेमा बासुरी फिल्मस् र सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भएको यस “कबड्डी-३” चलचित्रमा स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहेको सिनेमामा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा शाक्य, विल्सन विक्रम राई, विजय बराल बुद्वि तामाङ, लुनिभा तुलाधर, विजय बराल लगायतका कलाकारको अभिनय छ ।

यस संस्थाले विविध क्षेत्रमा विशुद्ध सामाजिक सेवा गर्दै आइरहेको परिप्रेक्ष्यमा प्रदर्शन गर्न लागिएको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र “कबड्डी-३” हेरेर मनोरन्जन सँगै पुण्य कमाउनुहुन दक्षिण कोरिया स्थित विभिन्न संघ-संस्थाहरु, विविध पेशा, व्यवसायमा आबद्व तथा ईपिएस मार्फत विभिन्न कार्यमा संलग्न नेपाली दाजुभाई, दिदीबहिनी, विधार्थी, पत्रकार तथा बुद्धिजीवी लगायत सम्पूर्ण महानुभावहरुमा स्याङ्जा परिवार किम्हे बुसान शाखा दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ । साथै अन्य विविध जानकारीका लागी उल्लेखित पोष्टर हेर्नुहुन र उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिनु हुन पनि संस्थाले अपिल गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...