Advertisement
SKIP THIS

काेरियामा एनआरएनए,एनसीसी र पाँच-“स” ले संयुक्त रूपमा दशैं मनाउँदै


दक्षिण काेरियामा एनआरएनए,एनसीसी र पाँच-स  ले संयुक्त रूपमा दशैं मनाउँने भएका छन् ।  विदेशमा रहेर पनि आफ्नो मौलिक पर्वहरुलाई जगेर्ना गर्ने महान् उद्देश्यका साथ विगतका बर्षहरुमा जस्तै यस वर्ष पनि गैह्र आवासीय नेपाली सङ्घ , नेपाली सम्पर्क समिति  र सनातन साहित्य सङ्गीत साधना समूह ‘पाँच-स’ दक्षिण कोरियाको संयुक्त आयोजनामा नेपालीहरुको महान् पर्व विजया दशमी पर्व भबयताका साथ मनाउने भएको छ ।

यही अक्टोवर १३ तारिख आईतबार पूर्णिमाका दिन काेरियाकाे राजधानि साैलमा  बाजागाजा , विभिन्न स्थानीय कलाकारहरुको बेजोड सांगितिक प्रस्तुती सहित टिकाजमरा ग्रहण, शुभकामनाआदानप्रदानका साथ दशैं महोत्सव मनाउने कुरा आयोजकले जानकारी गराएको छ ।

आश्वीन शुक्ल प्रतिपदा घटस्थापनाका दिन जमरा राखी नौ दिनसम्म नवरात्र भरी शक्तिस्वरुपा महाकाली,महालक्ष्मी,महासरस्वती नवदुर्गा भगवतीको पूजा आराधना गरी नवदुर्गा भगवतीले काम,क्रोध,लोभ, मोह, र मात्सर्य स्वरुपको आसुरी स्वभावको दानवरुपी असत्य महिसासुर नामको राक्षसमाथि विजय प्राप्त गरी सत्यरुपी सज्जनको रक्षा गरेको अर्थात् असत्य माथि सत्यले विजय प्राप्त गरेको खुसियाली स्वरुप ठुलाबडाको हातबाट टीका जमरा,आशीर्वाद ग्रहण तथा शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने गरिन्छ ।

यसरी दुर्गाको उपासना र प्रसाद ग्रहण गर्नाले  मानवभित्र रहेका पञ्च विकारहरुको निर्मूल तथा धर्म,अर्थ,काम,मोक्ष चतुर्विध पुरुषार्थ सिद्धि हुने कुरा वैदिक ग्रन्थहरुमा स्पष्ट रुपमा ब्याख्या गरेको पाइन्छ । वैज्ञानिक हिसावले पनि नवरात्रको रात्रीमा पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा वर्षको दुई पटक नवरात्र पर्दछ । चैत्र मास (मार्च ) रामनवमी र असोज मास (सेक्टम्वर) ) नवदुर्गा । यस समयमा परावैजनी किरणका कारण अर्थात् हाम्रो शरिरलाई असर गर्ने विषादीयुक्त तरङ्गहरुले आक्रमण गर्नसक्ने अत्याधिक सम्भावना हुन्छ र त्यसले शारीरिक बिमार बढ्दै जान्छ ।त्यसैले उक्त समयमा स्वस्थ रहनको लागि शरीरलाई शुद्धी तथा तन-मनलाई निर्मल र पूर्णत: स्वस्थ राख्नको लागि ध्यान तथा उपासना गर्नुपर्ने भएकोले नै यो समयको नाम ‘नवरात्र’ राखिएको हो ।

सरल भाषामा भन्नुपर्दा हाम्रो शरीरमा नौ मुख्य द्वारहरु हुन्छन् यही नवद्वारको भित्र निवास गर्ने जीवन शक्तिको नाम नै दुर्गा देवी हो ।यिनै मुख्य द्वार अथवा इन्द्रियहरु नै अनुशासन, स्वच्छ्ता र तारतम्य स्थापित गर्ने प्रतीकका रूपमा शरीरलाई सालभर सुचारू रूपले क्रियाशील राख्नको लागि नवद्वारको शुद्धीको पर्वका रुपमा नौदिन सम्म नवरात्र पर्व मनाउने गरिन्छ ।

यसका अलावा विविध कारण र बाध्यतावस आफ्नो घरबाट लामो समयसम्म टाढा रहेका आफ्नो घरपरिवार इष्टमित्र सँगीसाथी छरछिमेकी बर्षको एक पटक मात्रै भएपनी आफ्नै गाऊघरमा बर्षदिन भरिका भारी पिरमर्का र दुःखलाई बिर्संदै खुसियालीका साथ जम्काभेट भएर रमाइलो र हर्शोल्लासका साथ दशैंलाई सम्पूर्ण नेपालीहरुकै मौलिक राष्टृय पर्वका रुपमा मनाईदै आईरहेको पाईन्छ ।

यही अवसर पारेर दक्षिण कोरियामा पनि सम्पूर्ण मजदुरहरुको बिदाको दिन समेत पारेर एनआरएनए,एनसिसि र ‘पाच-स’ दक्षिण कोरियाले सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व हुनेगरी संयुक्त रुपमा दशै महोत्सव शुभकामना आदानप्रदान टीकाजमरा ग्रहण तथा साङगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

उक्त सुवर्ण अबसरमा दक्षिणकोरिमा कार्यरत सम्पूर्ण संघसंस्था,पत्रकार, विद्यार्थी , व्यवसायी, मजदुर तथा यत्रतत्र छरिएर रहनुभएका कोरियावासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थिति भईदिनुहुन हार्दिक निमन्त्रणा गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...