चुम्लुङ कोरियाले डिसेम्बर १५ मा चासोक तङनाम मनाउने
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आउँदो डिसेम्बर १५ मा चासोक तङनाम मनाउने भएको छ। चासोक तङनाममा प्रत्येक वर्ष खेति गरि पाकेको नयाँ अन्नवाली मानिसले ग्रहण गर्नु अघि सर्वशक्तिमान तागेरा निङ्वाभुमाङलाई चढाउने लिम्बू संस्कार रहेको छ। मंसिर पूर्णिमाको दिन मनाइने यो चाड लिम्बूहरुको आदिम भूमी अरुण पूर्व लगायत काठमाडौ,ललितपुर,भक्तपुर र प्रवासका विभिन्न देशहरुमा हर्षोउल्लासका साथ मनाउने गरिएको छ।
चुम्लुङ कोरियाले यो बर्षपनि सदाका बर्षहरू झै बिभिन्न याक्थुङ खानाका परिकार,याक्थुङ सामाग्री प्रदर्शनी सहित साँस्कृतिक नृत्यहरू,परम्परागत झाँकीहरू, केलाङ, यालाङ,परम्परागत जातीय भेषभुषा साथै नेपालबाट आमन्त्रिक याक्थुङ कलाकारहरुको साथमा मनाउन गइरहेको छ। कलाकार र हलको बारेमा केही दिनमा जानकारी गराउने चुम्लुङका अध्यक्ष मिराक लिम्बूले बताएका छन्।
चुम्लुङ कोरियाले गतवर्ष कलाकारहरु एकदेव लिम्बू, इन्द्र सुशील चोङबाङ, तृषना नेम्बाङ र गंगा फियाकको साथमा चासोक तङनाम मनाएको थियो।