“नेपाल भ्रमण बर्ष २०२०” प्रवर्धन गर्न कोरियाको सउलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


दक्षिण कोरियाको राजधानी सउल स्थित नेपाली राजदुतासको बिशेष समन्वय तथा नेपाल- कोरिया उद्योग तथा बाणिज्य संघ र कोरिया टुर एण्ड ट्रेकिंग अपरेटर असोसियन नेपालको सहयोगमा “नेपाल भ्रमण बर्ष २०२०” सचिवालयले बुधबार सउलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।
“नेपाल भ्रमण बर्ष २०२०” लाइ प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर गरिएकाे कार्यक्रममा कोरियाका डेमोक्रेटीक पार्टीका तर्फबाट सांसद तथा कोरिया नेपाल संसदीय मित्रता ग्रुपको उपाध्यक्ष ओ योङ्ग हुन प्रमुख आतिथी थिए ।
कोरियामा रहेर नेपालमा पर्यटन भित्र्याउन सहयोग पुर्याउने सहयोग गर्दै आईरहेका कोरियास्थित पर्यटन ब्यबसायी, कोरियन संचार माध्यमको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको संयोजक आम होंग गिल ह्युमन फ़ाउण्डेशनका प्रबन्ध निर्देशक आम होंग गिलले गरेका थिए ।
“नेपाल भ्रमण बर्ष २०२०” अभियानका केन्द्रिय संयोजक सुरज बैद्यले स्वागत मन्तब्य राख्दै भ्रमण बर्ष २०२० मा नेपाल भ्रमण किन गर्ने भन्ने बिषयमा स्पष्ट पारेका थिए । “नेपाल भ्रमण बर्ष २०२०” मा कोरियाबाट अधिक पर्यटकहरुलाई नेपालमा स्वागत गर्न पाईने अपेक्षा पनि उनकाे थियाे ।
धेरै कोरियनले नेपाललाई पहाडै पहाड भएको देश भनेर चिन्ने भएपनि नेपालको भौगोलिक र प्राकृतिक अबस्था अत्यन्तै शुन्दर रहनुको साथसाथै नेपालमा अन्य देशहरुमा देख्न नसकिने पशुपन्छीहरू प्रशस्त रहेका छन् । नेपाल र कोरिया बिच धेरै जसो सांस्कृतिक रीतिरिवाजहरू पनि मिल्दोजुल्दो रहेको छ । प्राकृतिक सौन्दर्य के हो भनेर हेर्नको लागी नेपाल एक पटक अबस्य पाल्नुहुनेछ । हामीले नेपाल दुरीको हिसाबले निकै टाढा भनेर बुझ्छौं होला तर कोरियाबाट सिधै छ घन्टाको यात्रा पछि नेपाल पुग्न सकिन्छ । बैद्यले भने ।
कार्यक्रम संयोजक आम होंग गिलले नेपाल विश्वमै शुन्दर देश भएको र त्यहाँको सौन्दर्य तथा हिमालयले एक पटक भ्रमण गर्ने मानिस जो कोहीलाई पनि फेरी जाउ जाउ लाग्ने बनाउने वातावरणा रहेकाे बताए ।
कोरिया टुर एण्ड ट्रेकिंग अपरेटर असोसियन नेपालका अध्यक्ष अमर शाहीले “नेपाल भ्रमण बर्ष २०२०” मा धेरै भन्दा धेरै कोरियाली पर्यटकहरुलाई नेपालको वास्तविक प्राकृतिक सौन्दर्य देखाउनको लागी स्वागत गर्न आतुर रहेको बताए ।
कोरिया स्थित नेपाली राजदुतावासका उपनियोग प्रमुख राम सिंह थापाले हाल कोरियामा लगभग ३५ हजार नेपालीहरु कार्यरत रहेको र गत बर्ष मात्रै ४० हजार कोरियन नागरिकले नेपाल भ्रमण गरिकाे बताए । ‘यो वर्ष झन बढि संख्यामा घुम्न जान्छन् हाेला । हामी त्यसैकाे लागि पहल गर्दै छाै ।’ उनले भने ।
कोरिया र नेपालको मैत्रीपूर्ण सम्बन्ध प्रगाढ बन्दै गएको र अब आउने दिनहरुमा अझ मझाबुद हुदैजाने तथा बिगतमा कोरियालाई नेपालले गरेको सहयोगको समरमा गर्नुको साथै “नेपाल भ्रमण बर्ष २०२०” सफल बनाउन कोरियालीहरुलाई थप आकर्षित बनाउन आफुले गर्नसक्ने सहयोग गर्ने तथा आफु पनि नेपाल भ्रमण जाने बाचा प्रमुख अतिथि ओ योङ्ग हुनले गरेका थिए ।
प्रमुख अतिथि ओ योङ्ग हुनलाई कदर पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। त्यस्तै कार्यक्रम संयोजक आम होंग गिल नेपालमा भुकम्प जादा अाफ्नाे फ़ाउण्डेशनबाट काम गरेकाेले कदर गर्दै कदर पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । साथै साेही कार्यक्रममा आम होंग गिल र कोरियास्थित बुद्दिष्ट संस्थाका महासचिव भान साङ्ग सानलाइ सद्भावाना दुतकाे रूपमा प्रमाण पत्र प्रदान गरिएकाे थियाे । सानले हालसम्म उनि १५० भन्दा बढी देशको भ्रमण गरिसकेका छन् ।
त्यस्तै नेपालमा पर्यटक भित्र्याउन सहयोग गरेकोमा हेचो ट्रेकिंगका संचालकलाई मायाको चिनो र कदर पत्र प्रदान गरिएको थियो । किरण शाक्यले काय्रक्रम सभ्य र भब्य बनाउनको लागी सहयोग गर्ने सम्पूर्णलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दै औपचारिक कार्यक्रमको समापन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...