बक्सिङ खेलाडीद्वारा जिबन रक्षा गरिदिन अपिल
फोनिज कोरिया संवाददाता
सोल-पूर्ब बक्सिङ खेलाडी इन्द्र इन्द्रराना मगरले कोरियामा रहेका नेपालीहरु समक्ष आर्थिक सहयोग गरेर आफ्नो जिबन रक्षा गरि दिन अपिल गरेका छन् |
बिगत केहि महिनादेखि पेटको क्यान्सर पीडित रानाको इन्जे बिश्वबिद्यालय साङग्येबेक अस्पतालको १६ तला कोठा नो ०६ मा उपचार भइरहेको छ | अस्पतालका चिकित्सकका अनुसार उनको शल्यक्रिया गर्न १ करोडवन लाग्ने अनुमान गरेका छन् |
एक महिना अघि रानाको पहिलो सल्यक्रिया भएको थियो | त्यतिबेला ५० लाख वन खर्च भएको उनका सहयोगीहरुले बताएका छन् |
उनि चौथो गोर्खा दक्षिण बाहु २०५६ मा सम्मानित,आठौँ साफ गेममा कास्य श्रेष्ठ बक्सर २०५३ , १९९७ मा फिलिपिन्समा भएको मेयर कप बक्सिङ कास्य पदक बिजेता हुन् |
रानाले जिबन रक्षा गरि दिन कोरियामा भएका सबै संघ संस्था र साथिहरुमा क्यान्सर पिडित रानाले अपिल गरेपछि सहयोग संकलन अभियान शुरु गरिएको ब्यबसायी मनोज डाँगीले बताए ।
सहयोगका लागि
खाता न: ६३१-००४२९२-०१-०१२ ibk
नाम: मनोजकुमार डाँगी
सम्पर्क ब्यक्ति:-
गोबिन्द रावल ०१०-२८१९-५१८२
ईन्द्रराना मगर(बिरामी) ०१०-२८९१-००८३
मनोज कुमार डाँगी ०१०-३८१७-१९६८