कोरियाली राष्ट्रपती मुनकी आमाको निधन
दक्षिण कोरियाका रास्ट्रपति मुन जे ईनकी ९२ बर्षिय आमा गाङहान अाेककाे मंगलबार साँझ निधन भएको छ। लामाे सयम देखि विभिन्न प्रकारकाे दीर्घ राेगी उनी केही समययता बुसानकाे अस्पतालमा उपचार गराइ रहेकी थिइन ।
उत्तर काेरियामा जन्मिएकी उनी दुइ काेरियाली युद्दसँगै दक्षिण काेरियामा अाएकी थिइन । ४१ वर्ष अघि नै मुनका बुबाकाे निधन भएकाे थियाे । राष्टपति मुनले आफ्नाे आमाकाे उत्तर काेरिया जाने सपना पुरा नभएकाे बताएका छन् । उनी आफु जन्मिएकाे ठाउँ जान चाहान्थिन तर पनि हामीसँग आफु खुशी नै भएकाे बताउँथिन् ।