अर्को ग्रह

एक जमाना!
हजुरबा,
टोलभरीका नातिहरु
पनाती र नातीनाहरु बटुलेर
डुब्नलागेको घाममा आड लगाएर
कथा सुनाई रहन्थे,
‘अर्को ग्रह’को।
‘अर्को ग्रह’,
जहाँ मान्छेहरु छन्,
हामी जस्तै।
तर,
उनिहरु
एक देशमा जन्मन्छन् अनि मर्छन् अर्कै देशमा।
एक देशमा बिहे गर्छन् अनि सुहागरात अर्कै देशमा।
बिस्वलाई एउटै धागोमा बाँधेका छन् ईन्टरनेटको।
सरीरलाई बिछ्याउनमा पल्टाई
आफ्नै प्रतिलिपी बोकेर,
निस्कन्छन् फेसबुक, ट्विटर, सगुनमा।
अनि जिस्काउछन् प्रतिलिपीहरु,
कमेन्टमा तन्नेर तन्नेरीहरुका
च्याटमा मन दुहाउनेहरुका
भिडियो च्याटमा नाँगा नाँगेनीहरुका।
तिनिहरु हामी भन्दा ठिक उल्टा छन्।
किनकी त्यो ‘अर्को ग्रह’ हो।
तिनीहरुलाई,
पँधेरीमा झरेर
छहरमा रम्दै गरेकी तरुनी सुहाउनुको
मज्जा थाहा छैन।
बिछ्यौनामा अङ्गालो कसेर निदाउनुको
मज्जा थाहा छैन्।
बर्षौँसम्म मनमनै मनपराई गुमाउनुको
मज्जा थाहा छैन।
लजाएर तरुनिभरी हात नचाउनुको
मज्जा थाहा छैन्।
किनकी,
तिनिहरु नितान्त ‘अर्कै ग्रह’मा छन्।
हाम्रो ग्रहमा,
लौरासँङ पनि हारजित हुन्छ।
किताब भित्र सँसार दगुर्छ।
आँखा र मुटु भन्दा तस्बिर लिने कुनै साधान छैन।
पाईला भरी चोट भरेर
उकाली ओराली जित्नु छ।
अनि लुट्नुछ मज्जा जिउनुको
जिउनुछ मज्जा लुटाउन प्रेमको
किनकी,
नितान्त हामी बाँचिरहेका छौँ।
एडभान्स प्रेमलोजी,
एडभान्स जीवनलोजी,
अनि,
अझै एडभान्स मानबलोजीमा।
त्यो ‘अर्को ग्रह’
प्रबिधिले अधिक छेदेको छ।
पहाड, समुन्द्र अनि मान्छेको मन
मानबता, मुटु र सम्बन्ध
साँचै
हामी भन्दा ज्यादा
एडभान्स बाँच्छन् ट्केनोलोजिमा।
तर,
हामी जति एड्भान्स बाँच्न सक्दैनन!
मानबलोजीमा
प्रेमलोजीमा
जिबनलोजीमा।
हजुरबाको शेष पछि
किताबको सँसार छोडेर
टाउकोको नाम्लो बिसाएर
घर छोडी हिँडेको म।
पत्तै नपाई त्यो हाम्रो आफ्नै ग्रह छोडेर
यो नयाँ ग्रहमा आईपुगेछु।
साँचै हजुरबाले भनेको ग्रहमा
आज भोली म
अत्यन्तै अधिक बाँचिरहेछु।
एडभान्स टेक्नोलोजी।
मोबाईललोजी।
कम्प्युटरलोजी।
तर,
सबैभन्दा ज्यादा कम बाँचिरहेछु।
एडभान्स मानबलोजी।
एडभान्स प्रेमलोजी।
एडभान्स जिबनलोजी।