एनआरएन कोरियाको पहिलो बैठक सम्पन्न, अघिल्लो समितीको आर्थिक प्रतिबेदन अस्वीकार
गैर आवासीय नेपाली संघ(एनआरएनए) दक्षिण कोरियाको नयाँ कार्यसमितिको पहिलो औपचारक बैठक आइतबार सौलमा बसेको छ । बैठकले निवर्तमान कार्यसमितिले बुझाएको आर्थिक हिसाबकिताब नमिलेको निष्कर्ष निकाल्दै अस्वीकार गर्ने निर्णय गरेको छ ।
यस अघिको कार्यसमितिबाट प्रस्तुत आर्थिक प्रतिबेदन सम्वन्धमा निवर्तमान अध्यक्ष लक्ष्मी लामा गुरुङले आफ्नो भनाइ राखे पनि संस्थागत रुपमा अघिल्लो कार्य समितिले दिएको कागजात अपूर्ण र अपारदर्शी भएको हुदा यथास्थिथिमा सो आर्थिक प्रतिबेदन नबुझ्ने निर्णय गरेको महासचिव बिमल सुवेदी ले बताएका छन् ।
त्यस्तै कोरियाको प्रचलित कानुन बमोजिम एक आपतकालीन राहत कोष स्थापना गर्ने निर्णय गर्दै तत्काललाई NRNA कोरियाको ७ औ अधिबेशनको उमेद्वारी शुल्कबाट प्राप्त रकमबाट निर्वाचन प्रक्रिया सम्पादन पश्चात बाकी हुन आएको रकमको ३० प्रतिशत आपतकालीन राहत कोषमा दाखिला गर्ने निर्णय गरेको छ । सो आपतकालीन राहत कोष संचालनका प्रक्रिया र पद्धतिको पहिचानका लागि कोरियाका सक्रिय संस्थाका प्रतिनिधिहरुको सहभागितामा एक समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
साथै एनआरएन कोरियालाइ सौल महानगरपालिका अन्तर्गत NGO (비영리민간단체) को रुपमा दर्ता गर्ने निर्णय गरेको छ ।