नेपाली सम्पर्क समिति काेरियाले सांस्कृतिक कार्यक्रम बाडफाड गर्ने
सदाका बर्ष जस्तै यो बर्षको सलनालका लागि पनि नेपाली सम्पर्क समिति काेरियाले सांस्कृतिक कार्यक्रम बाडफाड गर्ने भएकाे छ। उक्त बाडफाड कार्यक्रम यहि नाेवेम्बर २४ तारिख नेपाल हाउस तुन्देमुनमा गर्ने भएकाे कुरा नेपाली सम्पर्क समिति काेरियाका अध्यक्ष अन्जु केसिले बताइन् । हरेक सलनाल र चुसकमा नेपाली संघ संस्थाहरूले अालाेपालाेकाे रूपमा नेपाली सांस्कृतिक कार्यक्रम अायाेजना गर्दै अाएका छन् ।
अाउदाे सलनाल चाड २०२० जनवरि २४/२५/२६ तारिख परेकाेछ । उक्त चाडकाे अवसरमा सांस्कृतिक कार्यक्रम गर्न चाहाने ईच्छुक संघ संस्थाहरूले कार्यक्रमकाे उद्देश्य सहित अाबेदन दिनु हुनका लागि एनसिसिले अनुराेध गरेकाेछ।
साथै नेपाली सम्पर्क समितिकाे १७ अधिबेशन अाउदाे दिसेम्बर २२ तारिख हुने बताएको छ । नेपाली सम्पर्क समितिकाे अाईतबार साैलमा बसेकाे सल्लाहकार सहितकाे बैठकले उक्त कुराकाे निर्णय गरेकाे कुरा एनसिसिका अध्यक्ष अन्जु केसिले बताईन्।
अाईतबारकाे बैठकले १७ अाै अधिबेशन प्रयाेजनका लागि एन सि सि का पुर्ब अध्यक्ष लाेचन राईकाे संयाेजकत्वमा निर्बाचन मण्डल गठन गरेकाेछ भने एनसिसिका संरक्षक केपि सिटाैलाकाे संयाेजकत्वमा बिधान समिति गठन गरेकाे कुरा उपाध्यक्ष श्रीप्रशाद श्रेष्ठले बताए।
एन सि सि काे साधारण सदस्य बन्नकाे लागि काेरियामा विभिन्न पेशा ब्यवसायमा बसाेबास गरेका नेपालीजनहरू सबैले १०००० वन शुल्क तिरेर लिन पाउने छन्।यहि नाेवेम्बर २४ तारिख देखि नै साधारण सदस्यता बितरण गरिने जनाईएकाे छ।
निर्बाचन सम्बन्धि सम्पुर्ण कार्यतालिका अर्काे सुचनामा जनाईने बताईएकाेछ ।
त्यस्तै गत चुसकमा सांस्कृतिक कार्यक्रम अायाेजना गरेका संघ संस्थाहरूले पनि साेहि दिनमा अाफ्नाे कार्यक्रमकाे अाय ब्याय सार्बजनिक गर्न पनि एनसिसिले अनुराेध गरेकाे छ ।
कार्यक्रम बाडफाड गर्ने मिति:२०१९ नाेवेम्बर २४ तारिख
स्थान : नेपाल हाउस,दाेङदेमुन
समय : १२ बजे