Advertisement
SKIP THIS

तमू धीं कोरियाले आगामी जनवरी ०५ मा “तमू च्यु ल्होसार २०७६” मनाउने ।


प्रवासी भूमि दक्षिण कोरियामा छरिएर रहेका तमू (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने पवित्र र महत्वपूर्ण उद्वेश्य सहित तमू धीं दक्षिण कोरियाले विगतका वर्षहरुमा जस्तै यो पटक पनि फो-ल्हो (मृग वर्ग) लाई विदाई गर्दै च्यु-ल्हो (मुसा वर्ग) लाई स्वागत गरि दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । यस संस्थाले ल्होसार लगायत समायानुकूल विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

सदाको वर्षमा झैँ अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदै आएको परम्परा अनुसार यो पटक पनि २०२० जनवरी ०५ तारिक आइतबारका दिन सउल स्थितको सुविधा सम्पन्न AW कन्भेन्शन सेन्टर AW (컨벤션 센타 하림각) हारिमगाग हलमा मनाउने प्रारम्भिक तयारी भईरहेको तमू धीं दक्षिण कोरिया केन्द्रिय कार्यसमितिका अध्यक्ष जित गुरुङले जानकारी दिए ।

यसपाली केन्द्रीय समितिको आयोजना तथा थेगु र ख्यङ्साङ्नाम्दो शाखाको संयुक्त सह(आयोजनामा एकै ठाउमा कार्यक्रम गरिने भएको छ । केन्द्रीय वरिष्ठ सल्लाहकार प्रदिप गुरुङको संयोजकत्वमा थेगू शाखा अध्यक्ष हर्क गुरुङ र ख्यङ्साङ्नाम्दो शाखा अध्यक्ष अनिश गुरुङ सह संयोजक रहने गरि १० सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

आइतबार सम्पन्न तमू धींको भेलाले यस कार्यक्रमको लागि प्रारम्भिक चरण अन्तर्गतको कलाकार छनौट, हल व्यवस्थापन जस्ता कार्यलाई उच्च प्राथमिकता राख्दै तमू ९गुरुङ० समुदायको महान् पर्व तमू च्यु(ल्होसारको तयारी तीव्र पारिएको हो ।

ल्होसारमा नेपालबाट राष्ट्रिय कलाकार ल्याउने सर्व(सम्मत निर्णय भएको छ । गीतकार संगीतकार तथा गायक मनोज गुरुङ र नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै चर्चित गायिका इन्द्रा गुरुङ आउने भएका छन् ।

साथै उक्त दिन तमू (गुरुङ)को बाजागाजा सहित छैंडु नाच, गुरुङ समुदायको लोपोन्मुख मारुनी नृत्य, कौरा नृत्य, स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति र हाँस्य प्रहशन रहने  साँस्कृतिक विभाग संयोजक सबिन गुरुङ/पुरन गुरुङले जानकारी दिए ।

सुविधा सम्पन्न हलमा आयोजना हुने यस कार्यक्रममा तमू (गुरुङ) हरुको यो रमाईलो जमघट सँगै स्वादिष्ट नेपाली थुप्रै खानाको परिकारको व्यवस्था गरिने संस्थाका कोषाध्यक्ष रुपा गुरुङले बताएका छन् ।  केन्द्रिय महासचिव लेसन गुरुङ थप्छन्-आपसी सद्भाव र बन्धुत्वलाई मझबुत बनाउदै यो कार्यक्रमले संस्थाको इतिहासमा एउटा अर्को नौलो आयाम थपिनेमा आयोजक विश्वस्त छौं ।

कार्य्रकमलाई थप उत्साहजनक उपस्थिति सहित रोचक र आमन्त्रित अतिथिहरुलाई भरपूर मनोरञ्जन दिनका लागि यो पटक अझै पृथक ढङ्गले कार्यक्रम आयोजना गरिने संयोजक प्रदिप गुरुङले जानकारी दिए ।

कोरियामा रहेका सम्पूर्ण तमू ९गुरुङ० दाजुभाइ तथा दिदीबहिनीहरु, सबै संघ(संस्थाहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई निमन्त्रणा(पत्र पठाउने र प्रचार(प्रसार तीव्र पारिनुका साथै विभिन्न पोर्टल न्यूज, अनलाइन समाचार, तथा समाजिस संजाल मार्फत कार्यक्रमको प्रचार प्रसारलाई तिब्र पारिने आयोजकले जनाएको छ ।

कार्यक्रम सभ्य र भव्य सफल पारिदिनु हुन साथै सो दिनमा अन्य कार्यक्रम नजुधाईदिन तमू धीं कोरियाले कोरिया स्थित सम्पूर्ण संघ(संस्था एवं नेपाली समुदायमा हार्दिक अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...