कोरियाको गजेदो शहरमा चलचित्र “छ माया छपक्कै” प्रदर्शन हुने, तयारी पुरा


दक्षिण कोरियाको गजेदो शहरमा चलचित्र “छ माया छपक्कै” प्रदर्शन गर्ने भएको छ । आपतकालीन राहतकोष स्थापनार्थ डेउ तमु समाज गजेदो दक्षिण कोरियाले उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

साथै यसको सम्पुर्ण तयारी समेत पूरा भैसकेको जानकारी समाजका निवर्तमान अध्यक्ष गोपाल गुरुङले जानकारी दिएका छन् । “हामीले यस गजेदो क्षेत्रमा रहेका नेपालीहरुलाई भैपरी आउन सक्ने आपतकालीन समस्याहरुमा सहयोग पुग्न सकियोस् भनेर आपतकालीन राहत कोष स्थापना गर्न लागेका छौं । त्यसैले यहाँ रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिका लागी हार्दिक अनुरोध गर्न चाहन्छु ।” गुरुङले बताए । मनोरञ्जनको साथ साथै सामाजिक कार्यमा पनि सहयोग पुग्ने भएकालेे यसमा सबैले साथ र सहयोग गर्नेमा ढुक्क रहेको भनाइ गुरुङको रहेको छ ।

चलचित्र प्रदर्शन यही आउदो नोवेम्बर २३ तारिख शनिबारका दिन बेलुकी ७ बजे गजेदोको गजे थेहाक्यो हलमा हुने जनाएको छ । यस अघि कोरियाकै दुई शहर सउल र ख्यङसान/बुसानमा पनि चलचित्र सफलता पुर्वक प्रदर्शन भैसकेको छ ।

दिप्रेन्द्र लामाको कथा र निर्देशनमा तथा रोहित अधिकारीको निर्माणमा बनेको यस चलचित्रमा दिपकराज गिरी, केकी अधिकारी, केदार प्रसाद घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), स्वपुष्प भट्टा, बुध्दि तामाङ (हैट), प्रकाश घिमिरे, रमा थपालिया, शिशिर भडेल, अनुराघ कुवाँर, बिष्णु सापकोटा, सबिन बास्तोला, बसन्त भट्टा, शारदा गिरी, दिपक क्षेत्री, सुनिता गौतम, राजनी गुरूङ, कुमार गजुरेल, सन्देश लामिछाने, देव जोशी, प्रदिप न्यौपाने र भिम श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • फरक
  • आँसु, हाँसो र प्रश्न
  • पराजित पोमूका दुई प्रेमिल कविता
  • सिमापारीको कर्कस आवाज
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...