चुम्लुङ कोरियालाई संरक्षक र काङ्भा वंश समाज कोरियाद्वारा च्याब्रुङ प्रदान
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरीयालाई आइतबार संस्थाका संरक्षक समसेर पंधाक र काङ्भा वंश समाज दक्षिण कोरियाबाट च्याम्ब्रुङ प्रदान गरिएको छ। संरक्षक पंधाकबाट एउटा यसैगरी काङ्भा दाजुभाइबाट दुई ओटा च्याब्रुङ प्रदान गरिएको थियो। चासोक तङनामको तैयारी बैठकमा च्याब्रुङहरु संस्थाका अध्यक्ष अग्नि पंधाकलाई हस्तान्तरण गरिएको थियो।
काङ्भा वंश समाजको तर्फबाट मन्तव्य राख्दै सूर्य काङ्भाले आफुहरु कार्यसमितिमा पहिलोपटक आएको र संस्थालाई केही दिऊ भन्ने पहिलेदेखी नै लागेको हुनाले लिम्बू जातिको संस्कृति संरक्षण गर्ने च्याब्रुङ दिएको बताए। यसैगरी च्याब्रुङ नेपालबाट झिकाउन निकै कठिन भएपनी चुम्लुङलाई च्याब्रुङ उपहार स्वरुप दिनपाएकोमा खुशी व्यक्त गरे। काङ्भा वंश समाज कोरियाबाट सूर्य काङभा लिम्बू,दिर्ज काङभा ,देवेन्द्र काङभा , किरण प्रताप काङ्भा, विशाल काङ्भा र गंगाराम काङभा उपस्थित थिए।
च्याब्रुङ लिम्बू जातिको मौलिक बाजा हो। जस्लाई लिम्बू भाषामा “के” भनिन्छ। लिम्बू जातिले शुभ अवसरहरुमा च्याब्रुङ नाच “केलाङ” नाचेर उत्सब मनाउने गर्दछन्।