Advertisement
SKIP THIS

सेताम्य पहाडमा सेतै घोडा चढेर पुगे किम जोङ उन


बुधबार उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले नेता किम जोङ उनको एउटा नयाँ तस्बिर सार्वजनिक गरेका छन्। तस्बिरमा उन हिउँले सेताम्य पहाडमा श्रीमती र अन्य सैन्य अधिकारीसँग घोडामा चढेर गइरहेको देखिन्छन्।

चीनसँग सीमा जोडिएको  माउन्ट पेक्टुमा उन यसअघि अक्टोबरमा पनि घोडा चढेर गएका थिए।

कुनै ठूलो परिवर्तन गर्नुअघि त्यसको संकेत दिन कोरियाली शासकहरू माउन्ट पेक्टु पुग्ने गर्छन्। पेक्ट पहाड कोरियाली अधिराज्य स्थापना गर्ने पौराणिक पात्र दाङगुनको जन्मस्थान मानिन्छ। दाङगुन ४ हजार वर्षअघि जन्मिएको जनविश्वास छ।

यही पहाडमा उनका हजुरबुवा किम इल सङले जापानी उपनिवेशविरूद्ध क्याभलरी युनिटको नेतृत्व गरेका थिए।

बुधबार उनले आफ्ना हजुरबुवाले लगाउनेजस्तै कोट  लगाएका थिए। त्यसबाट उनले आफ्नो परिवार उत्तर कोरियाको स्वतन्त्रता र उपनिशविरूद्ध लड्ने परिवार भएको सन्देश दिन चाहेको देखिन्छ।

यसपालिको उनको यात्राको अर्को सन्देश अमेरिकालाई हो।

कोरियाको मजदुर पार्टीको महत्वपूर्ण बैठक केही दिनमा बस्दैछ। उक्त बैठकले अमेरिकासँगको अनआणविकीकरण वार्ताबारे महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।

उनले पछिल्लो समय अमेरिकासँगको वार्तामा अवरोध आइरहेको र अमेरिका वार्तामा गम्भीर नभए  आफूले नयाँ बाटो अबलम्बन गर्ने चेतावनी दिँदै आएका छन्। यसपालिको घोडा सवारीबाट उनल अमेरिकालाई आफ्नो नयाँ वर्षको सम्बोधनका क्रममा त्यो नयाँ बाटो अपनाउन सक्ने संकेत गरेको विश्लेषकहरूले बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...