बुद्ध प्रतिमा स्थापना अभियान सम्बन्धि भ्रमित समाचारको खण्डन र बास्तबिकता


बुद्ध नेपालमा जन्मेका हुन भनेर संसार भर नेपाल र बुद्धको पहिचान चिनाउन कोरियामा कार्यरत नेपाली समुदायले नेपाली संघ संस्था र ब्यक्तिहरुको सहयोगमा रकम संकलन गरि बुद्ध प्रतिमा स्थापना अभियान संचालन गरेको पनि २ बर्ष पुग्नै लाग्यो। कोरियाका लागि नेपाली दुताबास कोरियाको संरक्षकत्वमा, नेपाली सम्पर्क समिति कोरियाको संयोजन तथा नेपाल बौद्ध परिवार कोरियाको सहकार्यमा बुद्ध प्रतिमा स्थापना अभियान २०१८ स्थापना भएको थियो। २०१८ को मे १२ तारिख बुद्ध जयन्तीको अवसरमा नेपाल देखि बुद्ध प्रतिमा खरिद गरि प्रतिस्थापन गर्ने लक्ष्य अनुसार सबै प्रक्रिया अगाडि बढेको थियो।

योङ्गगीन शहरको पर्यटकिय बौद्ध गुम्बा वाउछङ्गसा गुम्बामा २०१८ मे २० तारिख एक बिशाल कार्यक्रमका बिच बुद्ध प्रतिमाको बिधिबत रुपमा प्रतिस्थापन गरिएको थियो। बुद्ध प्रतिमा स्थापना अभियानले अभियान अवधिमा गरेका आय र ब्यायहरुको हरहिसाव गरि २०१८ सेप्टेम्बर २ तारिख नेपाल हाउस सौलमा एक पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको थियो। उक्त पत्रकार सम्मेलनमा कुल ५१९७६५४१ वन संकलन भएको आम्दानी र ४४८२४१६२ वन खर्च भइ बाकी बचत ७१५२३७९ वन बचत भएको जनाइ बिभिन्न अनलाईन न्युजबाट बिस्तृत बिबरण पनि सार्बजनिक गरिसकेको थियो। बचत भएको बाकी रकमले बाकी काम लाइ केहि ढिलो गरेता पनि २०१९ को बुद्ध जयन्तीको अवसर पारि २०१९ मे १२ तारिख एक समापन कार्यक्रम आयोजना गरि बुद्ध प्रतिमा स्थापना अभियानलाई समापन गरेको थियो। तत्पश्चात बाकी रहेको रकम बाट गरेका खर्चहरुको सबै हिसाव किताबहरुको बिबरण अनलाइन न्युज बाट नै सार्वजनिक गरेको थियो। बाकी रकममा १लाख थप सहयोग सहित थप खर्चमा ३८७४४३ वन घाटा भएको र अभियानका पदाधिकारीहरु बाट नै उक्त घाटा पुर्ति गरिएको अभियानकी संयोजक अञ्जु केसिले बताइन्।

केहि दिन अगाडी केहि अनलाइन न्युजहरुले कोरियाको बुद्ध मुर्तिको खरिद प्रक्रियामा लुट तथा बिल किन सबै गुपचुप घोटला गरेको भन्ने बिषयको समाचार प्रति बुद्ध प्रतिमा स्थापना अभियानकि पुर्ब संयोजक अञ्जु केसिले गम्भीर ध्यानाकर्षण गर्दै खेद प्रकट गर्दछु भनेका छन। मेरो फोटो समेत प्रकाशन गरि गलत भ्रम श्रृजना गर्ने पत्रकार र अनलाइन न्युज पोर्टललाई कडा कानुनी कारबाहीको लागी समेत अगाडी बढनेछु  ।उनले थपिन्।
सर्ब प्रथम त यो अभियानलाई सुरु देखि नै केहि कुतत्वहरुले बिबादमा लिएर आएको सबैले देखेकै भोगेकै हो।अन्त सम्म आउदा र अहिले समापन भएर पनि पुरानो भएको बिषयलाई समाचार बनाइ भ्रम श्रृजना गर्ने खोजिएको हो। यस्तो कार्य कदापी सहनिय हुदैन। केसिले दुखेसो पोखिन्।
समाचारमा बुद्धको मुर्तिको तौलको बिषयमा कुरा उठाइएको छ।समितिले यो कुरामा प्रस्ट छ कि तामाको धातुबाट बनाइएको बुद्धको मुर्तिको तौल ४८५ केजी, पर्भा सहित करिब ६०० किलो , उचाइ ९ फिट र ४ वटा बक्समा प्याकिङ्ग सहित ८५९ केजी को भएको बिल रेकर्ड नै छ। यो ८५९ केजी तौलको मुर्तिलाइ कोरियन एअरले नेपाल देखि कोरिया सम्मको धुवानी कार्गो खर्च निशुल्क गरेको थियो। अभियानका बुद्ध मुर्ति ब्यवस्थापन बिभागका संयोजक लोचन राईले बताए।

समाचारमा बुद्ध मुर्तिको मुल्यमा घोटला भनि शंका गरिएकोछ।२०१८ जनवरिको २८ तारिखको मेसेज अनुसार मुर्तिको लाष्ट पराइज २२५०००० रुपैया भनेर नेपाल कुरियो आर्टको फेसबुक मेसेन्जर र अभियानकि संयोजक अञ्जु केसिको च्याटिङमा देखिएको छ भने, त्यो मुल्यलाइ फाइनल गर्नको लागी यता ग्रुपमा कुरा गर्छु भन्ने मेसेज अन्जु केसिले लेखेको पनि देखिन्छ। समितिको निर्णय अनुसार नै २२५०००० रुपैयामा खरिद गर्न मञ्जुरी भै २०१८।२।१० मा सम्झौता गरि मुर्तिलाइ बैना स्वरुप २०१८।२।१३ तारिख २ बजेर २२ मिनेटमा क्यु यस रेमिट बाट रु २००००० लाख पठाइएको संयोजक केसिले बताइन। बैना रकम पाए पछि बुद्ध मुर्तिको बिल प्यानमा दर्ता भएको बिल समितिले प्राप्त गरेको हो


अर्को म्यासेज अनुसार नेपालमा थप खर्च, कार्गो चार्ज, बुद्ध मुर्ति बक्स,लोड अनलोड बिबिध सेवा भनि १२५२५० रुपैयाको हिसाव र मेटलमा बनाइएको एन सि सि को लोगोको मुल्य रु १५००० सहित रु २३९०२५० को हिसाव देखिन्छ। उक्त रकम बिभिन्न मितिमा अभियानका आर्थिक बिभागका सदस्य राज स्याङतान र पेम्बा ह्योल्मोको खाताबाट नेपाल कुरियो आर्टको बैक खाता र संचालक जुनिल नरसिंह शाक्यको खातामा भुक्तानी भएको देखिन्छ।
त्यसपछि २०१८।३।२१ तारिख ४ बजेर १० मिनेट जादा रु ३ लाख, १२ मिनेट जादा ३ लाख र १३ मिनेट जादा २ लाख गरि क्यू यस रेमिट बाट बुद्ध प्रतिमा स्थापना अभियान २०१८का आर्थिक बिभाग सदस्य राज स्याङतानको बैंक खाताबाट नेपाल कुरियो आर्टका संञ्चालक जुनिल नरसिंह शाक्यको नेपाल इन्भेष्टमेन्ट बैंक खातामा नै पठाइएकोछ ।

त्यसै गरि एसबि आइ कोषमनि रेमिट प्रयोग गरि राज कुमार स्याङतानबाट २०१८।४।१२ तारिख  ३ ट्रान्जेक्सनमा रु २५०००० ,रु २५०००० , रु २००००० त्यसै गरि २०१८।४।१७ मारु २२८००० गरि जम्मा रु ९२८००० वन नेपाल कुरियो आर्टको खातामा रकम पठाइएकोछ। त्यसै गरि पेम्बा  ह्योल्मोको खाताबाट २०१८।४।१२ तारिख रु २ लाख नेपाल कुरियो आर्टको खातामा पठाइएकोछ। त्यसै गरि २०१८।४।१७ तारिख पेम्बा ह्योल्मोको खाताबाट नेपाल कुरियो आर्टका संचालक जुनिल नरसिंहको खातामा रु २६२२५० गरि जम्मा रु ४६२२५० रुपैया पठाइएकोछ।

जम्मा बिल अनुसार २३९०२५० रुपैया सबै रकम रेमिट बाट पठाएको हो। हामीले कुनै गैह्र कानुनी च्यानल प्रयोग गरेका छैनौ। सबै खर्चको रकम रेमिटबाट नै नेपाल पठाएका छौ। आर्थिक बिभागका सदस्य पेम्बा ह्योल्मोले भने।

नेपालबाट कार्गो पठाउने कम्पनि पशुपति फेशन टे«डर्स काठमाण्डौले बुददको मुर्ति ४ वटा बक्समा प्याकिङ गरेर वाउजङ्गसा गुम्बाको नाममा पठाएकोछ। यो कार्गो पठाउने ब्यवस्था मिलाउने, नेपालको भन्सार, अन्य सरकारी कागज प्रक्रिया के के गर्नु पर्छ त्यो ब्यवस्था मिलाउने काम कुरियो आर्टले नै गरेको हो। अभियानका मुर्ति ब्यवस्थापन बिभागका प्रमुख लोचन राईले बताए।
नेपाल कुरियो आर्टका संचालक जुनिल नरसिंह शाक्यको अनुसार मुर्तिको बिल किन भ्याट बिलमा काटिएन भन्ने प्रश्नमा ह्याण्डी क्रयाप्ट कम्पनिलाई भ्याट बिल नै नचाइने, प्यान बिलले नै काम चल्ने बताए।
यता कोरियामा भने कोरियाली सरकारलाइ इन्छन एअर पोर्टमा लागेको सरकारी कर बापत १४८३८४४ वन २०१८।४।२५ तारिख तिरिएको बिल रहेकोछ।

जहासम्म १७ लाख वन बढिको खानाको खर्च भनिएकोछ। त्यो बिभिन्न मितिमा बैठक बस्दा चिया खाजा खर्च, पत्रकार सम्मेलन गर्दा चिया खाजा खर्च, वाउजङ्गसा गुम्बामा मुर्ति प्रतिस्थापन गर्दा सहभागी करिब एक हजार जनालाइ सामान्य पुजा प्रशाद र खाना खुवाइएको थियो। मुर्तिलाइ २०१८ मे १२ मा बुद्द जयन्तीको अवसरमा परिक्रमा गराउदा रथ बनाउने साथीहरुलाइ खाना खर्च, अन्य बिभिन्न मितिमा बिभिन्न कार्यमा खटिने साथीहरुलाइ चिया खाजा खाना खुवाइएको खर्चलाइ खाना खर्च भनेर उल्लेख गरि भ्रम श्रृजना गर्न खोजिएकोछ। यो कुरा हर हिसावमा प्रस्ट संग उल्लेख नै गरिएको छ। संयोजक केसिले भनिन्।

अर्को प्रश्न बुद्धको मुर्ति र गजुरमा मात्र २८५०००० खर्च गरिएको छ अरु पैसा खै त्यसको बिल भरपाइ खै भनि प्रश्न खडा गरिएकोछ। यो रङ्ग रोगन बाहेक धेरै काम बुद्ध गुम्बा परिसरमा नै गरिएकोछ। त्यसको सम्पुर्ण बिल हरु पैसा ट्रान्सफर गरेका रेकर्ड सबै छ। हेर्न चाहानेले सबै हेर्न सक्छन्। वाउ छङ्गसा गुम्बामा यो बाहेक धेरै काम र खर्च भएको छ।

गुम्बा भवन वाउछङ्गसा गुम्बाले निमार्ण गरेको थियो भने नेपाली शैलीको बौद्ध स्तुपा राख्न १३ तले गजुर निर्माण गर्न अभियानले खर्च गरेको थियो ।जसमा ३०००००० तिस लाख वन खर्च गरेको हो। गुम्बा भवनको लागी रङ्ग रोगन गर्न २२ लाख वन, मुर्तिलाई गोल्डेन कलर गरेको २५ लाख वन, १३ तले गजुर लाइ गोल्डेन कलर गरेको ३५०००० वन, गुम्बाको ४ किल्लामा ४ वटा मानी राखिएको छ। ४ वटा मानी र सानो गजुरको मुल्य ६७०००० वन, गुम्बा परिसरमा मेटलमा सहयोगदाताहरुको नामावलि लेखेको २४ लाख वन। नेपाल झल्किने पोष्टर फ्लेक्स बनाइ टासेको ३ लाख वन, नेपाल कुरियो आर्ट देखि घण्टी र धुपदानी खरिद १११०८२२ वन, घण्टी राख्ने स्ट्याण्ड फलामको बनाएको ७ लाख वन, नेपाल देखि धुपदानी धण्टी कार्गो गरि लिएको चार्ज ४९६००० वन। यो बाहेक अभियानको सम्पुर्ण खर्चहरुको बिबरण २।२ पटक सार्बजनिकनै गरिएकोछ। अभियानका सचिब प्रितम गुरुङ्गले बताए।

कतिपय साना तिना खर्चका बिलहरु नहुन सक्छ। तर बिबरणमा सबै आएकोछ। जस्तो टोकरीमा उठाएको चन्दा रकमको नगदी रसिद छैन, त्यो पैसा समितिका साथीहरुको रोहबरमा गनेर राखिएको थियो। कतिपय महानुभावहरुको हातमा नगद दिनु भएको छ। त्यस्तो रकमको रेकर्ड छ तर बिल छैन। लामाहरु गुरुहरुलाई पुजा गरेर दक्षिणा दिएको रकमको कुनै बिल भरपाई बनाउने कुरा भएन। त्यसको बिबरण छ। सामान्य ट्याक्सी प्रयोग गरेको बिल हरु अहिले नहुन सक्छ। तर बिबरण सबै उल्लेख गरिएकोछ। ठुला खर्चहरुको एक एक बिल छ। संयोजक केसिले बताइन्।
यस अभियानको बारेमा न शुरुवाट भयो न कुनै क्रियाकलाप भयो, न पत्रकार सम्मेलनमा आए, न वाउछङ्गसा गुम्बा स्थापना गरेको स्थलमा पुगेका छन्। नत अन्त्य भयो, समापन भयो भन्ने समाचार नै लेखे न कुनै आर्थिक सहयोग गरेका छन्। खालीे कम्पनीको एक रुममा बसि फोनकै भरमा सबै भम्रित हुने समाचर संपे्रशण गरेका छन्। यस्ता समाचार लेख्ने पत्रकार, सामाजिक सन्जालमा भ्रम फैलाउने ब्यक्तिहरुलाई रकम हिनामिना गरेको प्रमाण सहित आउन चेतावनि दिइन्छ। नत्र कानुनी कारबाहीको लागी अगाडि बढिने अभियानका सदस्य लोचन राईले बताए।
अझै एक पटक कोरियामा भएका संघ संस्थाका प्रमुख, सामाजिक ब्यक्तित्व, पत्रकार,बारम्बार भ्रम र बिरोध गर्ने ब्यक्तिहरुको बिचमा पत्रकार सम्मेलन गरि सत्य तथ्य बताउन चाहान्छौ।सबै जनालाई खुला निमन्त्रणा गर्न चाहान्छौ। अभियानका संयोजक केसिले भने।

कोरियाबासी सम्पुर्ण नेपाली दाजुभाई दिदि बहिनीहरुमा यो बिश्वास दिलाउन चाहान्छौ कि बुद्ध प्रतिमा स्थापना अभियानमा कुनै अनियमितता भएको छैन। बरु यस्ता गलत भ्रम श्रृजना गर्ने पत्रकार, समाचार संस्था, ब्यक्तिहरुलाई कडा भन्दा कडा कारबाहि गरियोस भनि जोडदार माग गर्दछौ। सचिवालय सदस्य तथा सौल नेपाल गुम्बाका प्रमुख कुन्साङ्ग दोर्जे लामाले भने।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...