मगर संघ कोरियाले पोखरामा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने
नेपाल मगर संघ दक्षिण कोरियाले कोरियाबाट नेपाल फर्केका मगर हरु बिच एक अन्तरक्रिया तथा भेटघाट कार्यक्रम अायाेजना गर्ने भएकाेछ।
लामो समय देखि नेपाल मगर संघ काेरियामा आबद्द रही नेपाल फर्केका मगरहरु बिच आउदो पौष ५ गते(डिसेम्बर २१ तारिक) शनिबार पोखरामा अन्तरक्रिया कार्यक्रम हुने भएको छ।मगर संघ कोरियाको महत्वपुर्ण अक्षय कोष निर्माण अभियानलाइ समन्वय गर्नको लागि अन्तरक्रिया कार्यक्रम गर्न लागिएको नेपाल मगर संघ दक्षिण कोरियाका संरक्षक तथा अक्षय कोष सन्चालक समिति संयोजक अप्त पुन मगरले जानकारी दिनु भएको छ।
कार्यक्रममा कोरियाबाट नेपाल फर्किएका धेरै जसो मगर साथीहरु उपस्थितिको लागि उत्सुक रहेको कार्यक्रम संयोजन गरिरहेका मगर संघ कोरियाका भु.पु.अध्यक्ष झक सिंजाली मगरले जानकारी दिएका छन् ।उक्त कार्यक्रममा मगर अभियन्ता,कानुन बिदहरुको पनि उपस्थिति रहने सिंजालिले बताए।
अागामी पौष ५ गते पोखरा अमर सिंह चोक स्थित लालटिन रेष्टुरेन्टमा दिउसो १२ बजे हुने कार्यक्रमलाइ सफलताको शुभकामना दिदै सम्पु्र्णलाइ उपस्थित भइदिनु हुन मगर संघ कोरियाका अध्यक्ष सि.पी.मगरले हार्दिक अनुरोध गरेका छन्।